अर्थ समाज

खेतान समूहको ४० विघा जग्गा स्थानीयको कब्जामा 

खेतान समूहको ४० विघा जग्गा स्थानीयको कब्जामा 

 औद्योगिक घराना खेतान समूहको ४० विघा जग्गा कब्जा भएको छ । पूर्वी नवलपरासीको १६ नम्बरमा रहेको करिब ४० बिघा जग्गा स्थानीयले कब्जा गरेका हुन् । गैंडाकोट नगरपालिका १७ नारायणी नदी किनारमा रहेको हिमालयन एग्रीकल्चर फर्म (वागवानी फर्म) रहेको जग्गामा स्थानीयले आफूखुसी भागबन्डा गरेर जोताएका छन् ।

स्थानीयले त्यहाँ लगाइएका  आँप र लिचिका बिरुवा नस्ट पर्दै जोतेका हुन् । झाडी फाड्न र जोत्न स्थानीयको लर्को नै लागेको थियो ।  सामन्तीको जग्गा हो बाँडेर लिए हुन्छ भन्दै  उनीहरुले ट्याक्टरबाट जमिन जोताएका थिए । 

प्रहरी आएपछि उनीहरु भागेको भएपनि फेरि कब्जा हुने सम्भावना कायमै छ । कसले स्थानीयलाई जग्गा खनजोत गर्न लगाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । जग्गा जोत्न वागवानी फर्म आसपासका केही र नगरटाँडिका बासिन्दा आएका थिए । 

२०५१ सालमा तत्कालीन गोर्खा ब्रुअरीका सञ्चालक मोहन गोपाल खेतानले स्थानीयबाट त्यहाँ जग्गा खरिद गरेका थिए ।