खेल

भारतसंग नेपालको लज्जास्पद हार, यू १५ साफको फाइनलमा भारतसंग ७–० ले पराजित

भारतसंग नेपालको लज्जास्पद हार, यू १५ साफको फाइनलमा भारतसंग ७–० ले पराजित

पाँचौ संस्करणको १५ वर्ष मुनीको साफ च्याम्पियनसिप फुलबल प्रतियोगितामा नेपाललाई पराजित गर्दै आयोजक भारतले उपाधि जितेको छ।

भारत पश्चिम बंगालकाे कल्याणी रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। यो हारसँगै नेपाल तेस्रो पटक फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित बनेको छ।

भारतले यो उपाधिसँगै तीन पटक यु–१५ को उपाधि हात पारेका छ। यसअघि भारतले सन् २०१३ र २०१७ मा यु–१५ को उपाधि जितेको थियो।

भारतलाई ७–० को फराकिलो जित दिलाउने क्रममा भारतका सिद्धार्थले ह्याट्रिक गरे। यस्तै हिमांश जंग्रा, मेहसन सिंह, मनन्दित माकेस र शिवजित सिंहले एक–एक गोल गरे।

भारतले १५ औँ मिनेटमा मेहसन सिंहको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा तीन गोलको अग्रता लिएको भारतले दास्रो हाफमा चारको थपेको थियो।