समाचार खेल

च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

एजेन्सी । युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणका खेल तालिका सार्वजनिक भएको छ । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार राति सार्वजनिक खेल तालिका सार्वजनिक गरेको हो । 

सार्वजनिक ‘ड्र’ अनुसार उपाधि दावेदार टोलीहरु स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० एउटै समूहमा परेका छन् । समूह ‘ए’ मा यी दुई टोलीसँगै बेल्जियमको क्लब ब्रुज र टर्कीको गालातासारे छन् ।

यसैगरी समूह ‘बी’ मा जर्मनीको बायर्न म्युनिख, इंग्ल्याण्डको टोटेनह्याम हट्सपर, ग्रिसको ओलाम्पिकाओस र सर्वियाको रेडस्टार बेलग्रेड छन् । त्यस्तै समूह ‘सी’ मा इंग्ल्याण्डको म्यानचेस्टर सिटी, युक्रेनको साख्तर डोनेस्क, क्रोएसियाको डाइनामो जाग्रेब र इटालीको एटलान्टा छन्  ।

समूह ‘डी’ मा इटालीको युभेन्टस, स्पेनको एट्लेटिको मड्रिड, जर्मनीको बायर लिभरकुजेन र रुसको लोकमोटिभ मस्को छन् । साविक विजेता तथा इंग्लिस क्लब लिभरपुल भने सहज समूहमा रहेको छ । लिभरपुल रहेको समूहमा इटालीको नापोली, अष्ट्रियाको साल्जबर्ग र बेल्जियमको गेन्क परेका छन् ।

अर्को स्पेनिस जाइन्ट बार्सिलोना भने केही कठिन समूहमा परेको छ । समूह ‘एफ’ मा बार्सिलोनासँगै जर्मनीको बोरुसिया डर्टमण्ड, इटालीको इन्टर मिलान र चेक गणतन्त्रको स्लाभिया प्राग छन् । 

समूह ‘जी’ मा फ्रान्सको ओलम्पिय लियों, रुसको जेनिथ, पोर्चुगलको बेनिफिका र जर्मनीको आर।बी लेप्जिग रहेका छन् । समूह ‘एच’मा इंग्लिस क्लब चेल्सी, नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम, स्पेनको भ्यालेन्सिया र फ्रान्सको लिल परेका छन् ।

युईएफएले समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई ८ समुहमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो । च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको खेलहरु यही सेप्टेम्बर १७ बाट सुरु हुनेछ ।