स्वास्थ्य

शिक्षक/शिक्षिकालाई भाइरल, विद्यालय बन्द

शिक्षक/शिक्षिकालाई भाइरल, विद्यालय बन्द


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालयमा अध्यापनरत दुई शिक्षिका र एक शिक्षक बिरामी परेकाले बिहीबारदेखि दुई दिनका लागि स्कूल बन्द गरिएको छ ।

“स्कूलमा भएजतिका सबै शिक्षक शिक्षिका विरामी परेकाले दुई दिन बिदा दिने निर्णय गरिएको विद्यालय यव्यवस्थापन समितिलेसमितिका अध्यक्ष पदम कुँवरले बताए । 

स्वास्थ्य संस्थामा विरामीको संख्या बढ्दो

कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । 

अस्पतालका सूचना अधिकृत केशव अवस्थीले अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए । “दैनिक २०० बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्”, उनले भने, “तीमध्ये आधाजति भाइरलका बिरामी छन् ।”

साउनको पहिलो सातादेखि नै अस्पतालमा भाइरलका बिरामीको चाप बढ्दै गएको सूचना अधिकृत अवस्थीले जानकारी दिए ।

त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीहरुको चाप बढेको छ । भीमदत्तनगरका बजार क्षेत्रका निजी क्लिनिकमा पनि भाइरलका बिरामीको चाप बढेको छ । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।