विचार

आनन्द अरुणलाई ओशोले नै कारबाही गरेका थिए (कारबाहीको पत्रसहित)

स्वामी देव सुन्दर 

आनन्द अरुणलाई ओशोले नै कारबाही गरेका थिए (कारबाहीको पत्रसहित)

अध्यात्मिक गुरु भगवान श्री रजनीशको आश्रम दिनदिनै सानो हुँदै गएको थियो । उहाँको प्रवचन सुन्न र सन्यासी भएर सँगै जीवन बिताउन संसारभरबाट आउनेहरुको भिड बढ्दै गएको थियो । भगवान पनि आफ्ना सन्यासीहरुलाई साथमै राख्न चाहनुहुन्थ्यो ।  भगवान रजनीशको सचिव माँ लक्ष्मी भारतभर उपयुक्त ठाउँ खोजिरहनु भएको थियो तर माँ आनन्द शीला भारतबाहिर ठाउँ खोज्दै हुनुहुन्थ्यो । भारतको कुनै त्यस्तो ठाउँ भगवान श्रीलाई मन परेन ।

अन्ततः माँ आनन्द शीलाले खोजेको अमेरिकाको ओरेगनस्थित वास्को काउन्टीमा १० हजार एकडमा फैलिएको पहाड ओशोलाई मन पर्‍यो । 

भगवान श्री रजनीशको आदेशमा शीला बम्बई पुगिन् । र अमेरिका जाने पर्यटक भिषाको व्यवस्था गरिन् । माँ योग लक्ष्मीको ठाउँ भगवान श्रीको सचिव भएर माँ आनन्दा शीला अचानक ०१ जुन १९८१ साँझमा रजनीशसँगै बोइङ ७३७ बाट अमेरिका उडिन् । पुना आश्रमका कसैले रजनीशले भारत छाड्नु भएको थाहा पाएनन् । रातको समयमा उहाँको प्रस्थान गोप्य राखिएको थियो । 

माँ आनन्द शीला भन्छिन्, ‘अध्यात्म जगतको एउटा विराट वृक्षलाई अमेरिका लगेर संसार भर फैल्याउनु थियो । त्यो महत्वपूर्ण कार्यका लागि मलाई ओशोले ‘अनकन्डिन्सनल पावर अफ अथोरिटी’ दिनु भएको थियो । 

संसारभरका रजनीश भक्तहरुको उडान पहाडमा भिड
 

वास्को काउन्टीको त्यो उजाड भूमि दुई चार वर्षको मेहनतपछि  आफ्नै विमानस्थलसहित भव्य सहरमा परिणत भयो । जसरी पाण्डवहरुले उजाड बञ्जर खाण्डवप्रस्थलाई इन्द्रप्रस्थमा रुपान्तरण गरेका थिए, त्यसै गरी त्यो भूमि रजनीशपुरम्मा परिणत गरियो । त्यो भव्य सहरको मेयरसमेत ओशो सन्यासी भए । भगवान रजनीश मौन बस्नु हुन्थ्यो । माँ आनन्द शीला बाहेक कसैसँग भगवानको भेट नहुन थाल्यो । त्यसपछि सुरु भयो माँ शीलाको आतंक ।

स्थानीय अमेरिकी प्रशासनसँग दोहोरो भिडन्त जस्तो हुन थाल्यो । रजनीशपुरम्मा घरबारविहीन अमेरिकीहरुलाई आश्रय दिइयो । सुरक्षाकर्मी र हरियारसमेत रजीनशपुर्ममा भित्रियो । यस्ता घटनाले अमेरिकी प्रशासनले निगरानी बढायो । रजनशीका लागि अमेरिका बस्ने अनुमति पत्र बनिसकेको थिएन । रजनीशको अध्यात्मिक विचारलाई अमेरिकाले धर्मको रुपमा स्वीकार गरेन । यसपछि ‘रजीनसिज्म’ नामक धार्मिक ग्रन्थका रुपमा एक पुस्तक प्रकाशन भयो र ससारका धेरै देशमा उक्त धर्मका प्रमुखका हैसियतले वोधिसत्वहरुको नियुक्ति भयो । माँ आनन्द शीलाको निकट भएको नाताले नेपालका अरुणकुमार सिंहले पनि वोधिसत्वको उपाधि हात पार्न सफल भए । 

त्यो बेला नेपालको पोखरामा रजनीश कम्युन थियो, जसको प्रमुख थिए भारतीय सन्यासी स्वामी योग चिन्मय । रजनीश अमेरिका हिँडेपछि गुरुकै आदेशमा स्वामी योग चिन्मय नेपाल आएका थिए, पछि गुरु अमेरिकाबाट फर्किएपछि उनी आश्रम छाडेर पुना फर्किए । लोभीपापी  नेपाली सन्यासीहरुको विवादले गर्दा १९८६ मा नेपाल आउँदा पनि भगवान पोखरा कम्युन जानु भएको थिए, सोल्टी होटलबाटै फर्किनुभयो । 

माँ आनन्द शीला भागेर जर्मनी पुगिन् 
स्थानीय अमेरिकीहरु र त्यहाँका सन्यासीहरु शीलाको क्रियाकलापबाट रुष्ट थिए ।  उनका केही सहयोगीहरुका साथ ४० मिलियन डलर लिएर शीला जर्मनी भागिन् । त्यो घटनापछि भगवान रजनीशी मिडियामा आएर बोल्न थाल्नु भयो । आश्रम भित्रका यौनकाण्ड, सन्यासीहरुलाई खानामा विष मिसाएर खुवाएको, हातहतियार राखेको र ४० मिलियन हिनामिना गर्नेविरुद्ध कारबाहीका लागि रजनीशले अमेरिकी प्रशासनसमक्ष अनुरोध गर्नुभयो । अमेरिकी प्रशासनले कारबाही नगरे आफैले कारबाही गर्ने भनेर चुनौती पनि दिनुभयो । 

अमेरिका बस्ने स्थायी अनुमतिका लागि ‘रजनिसिज्म’ नामक पुस्तक छापिएको थियो । शीलाको प्रकरणले त्यो प्रयास असान्दर्भिक भइसकेको थियो । त्यसपछि भगवान रजनीशले पुस्तक जलाउनू भन्ने निर्देशन दिनुभयो । त्यसपछि सो पुस्तक जलाउन थालियो । रजनीशपुरम्ममा पुस्तक जलाएको भिडियो अहिले पनि हेर्न सकिन्छ । 

नेपालमा ओशो आशिष ध्यान केन्द्र पुल्चोकमा थियो । त्यहाँका स्वामी गोविन्दनारायण भारतीलगायत सन्यासीहरुले रजनीशको निर्देशनअनुसार पुस्तक जलाएका थिए । 

रजनीशपुरम्बाट भगवानको हस्ताक्षर भएको पत्रसमेत प्राप्त भएको थियो । जसमा वोधिसत्वको औचित्य समाप्त भएकोले अब पहिले भनिएका कामहरु नगर्नूभन्ने स्पष्ट निर्देशन थियो । त्यो पत्र आनन्द अरुणका लागि पनि पठाइएको थियो, जहाँ अरुणको नाम पनि छ ।  जुन २७, १९८४ मा भगवान रजनीशको हस्ताक्षर भएको पत्रमा आनन्द अरुलाई ओशोको नाम अनुमति नलिई ध्यान केन्द्र नखोल्नू भनिएको छ । तर अहिले आनन्द अरुणले सञ्चालन गरिरहेको ध्यान केन्द्रको नाम हो–ओशो तपोवन ।

त्यही बेला नै अरुणको महत्वाकांक्षा र अवसरवादी चरित्रबाट भगवान रजनीश पूर्ण जानकार  हुनुहुन्थ्यो । त्यही  भएर अरुणलाई ओशो सम्बन्धी कुनै पनि प्रकारको क्रियाकलाप गर्नबाट रोक लगाइएको थियो । यस्तो रोक भगवान अमेरिकामा हुँदै गर्दा लागेको थियो ।  

यो घटनापछि  अरुणलाई भगवान ओशोले नै कारबाही गर्नुभएको थियो । तर अरुण अहिले अर्कै कुरा गरेर मानिसहरुमा भ्रम छर्छन् । उनी भन्ने गर्छन कि – पुना आश्रमका सञ्चालकहरुले मलाई त्यहाँ जान रोक लगाएका हुन् । वास्तवमा १९८५ मै भगवान रजनीशले नै अरुणलाई कारबाही गर्नुभएको थियो ।  
भगवान रजनीशले असान्दर्भिक भइसकेको ‘वोधिसत्व’ आफ्नै जीवनकालमा खारेज गरिसक्नु भएको थियो  । तर अरुण अझै पनि आफूलाई वोधिसत्व भनेर प्रचार गर्छन् । ओशोले दिनुभएको पद, उहाँले नै खारेज गरिसक्नु भएको थियो । तर उहाँ मानिसहरुमा भ्रम छर्न त्यो ‘वोधिसत्व’ छाड्दै छाड्नु हुन्न ।

यसबाट नेपालका ओशो सन्यासीहरुको बद्नामी भएको छ । ओशोले खारेज गरिसक्नु भएको उपाधि अहिले पनि अरुणले धारण गरेर हिँड्छन् । 
आज अरुणसँग आम मानिसहरुले ओशो र ध्यानका बारेमा भन्दा 

वन क्षेत्र किन कब्जा गरेको ? 
कर छली किन गरेको ? 
महिला हिंसा  के हो ? 

आदि प्रश्न गर्छन् । अरुण पनि झुठो प्रचार गर्न विभिन्न मिडियाको सहारा लिइरहेका छन् । 

७५ वर्ष केटका अरुण आफ्ना १ लाख सन्यासी रहेको दावी गर्छन् । संसारका ५ लाख मानिसले आफूले जे बोले पनि पत्याउने घमण्ड गर्छन् । ओशोको नाम प्रयोग गरेर ओशोको सिद्धान्तभन्दा बाहिर गएर छुट्टै धार्मिक सम्प्रदाय खोलेर ओशोप्रेमी जनमानसमा भ्रम छर्ने काम गरिरहेका छन् । 
 

ओशो आनन्द अरुण