ओटोमोबाइल

नाडा अटो शोको आकर्षण महिन्द्राको एक्सयुभी थ्री हन्ड्रेड [भिडियो]

बेस्ट सुरक्षा फिचरका साथ नेपाल भित्रियो एक्सयुभी थ्री हन्ड्रेड

नाडा अटो शोको आकर्षण महिन्द्राको एक्सयुभी थ्री हन्ड्रेड [भिडियो]

नमस्ते म दुर्गा यादव, महिन्द्रा शोरुमबाट। यतिबेला सवारीसाधनहरूको बृहत प्रदर्शनी नाडा अटो शो २०१९ काठमाडौंको भृकुटीमण्डपमा जारी छ। गत मंगलबारबाट सुरु भएको १४ औँ संकरणको नाडा अटो शोमा आगन्तुकको भीडा निकै छ।

नाडा अटो शोमा सबैले आफूलाई मनपर्ने सवारी साधनहरूका बारेमा विषेश चासोका साथ जानकारी लिइरेका छन्। यहाँ आउने आगन्तुक चार पांग्रे र दुई पांग्रे सावरी साधनका बारेमा बढी जिज्ञासु देखिन्छ। यसै बृहत प्रदर्शनीमा महिन्द्रा गाडीको अधिकारिक विक्रेता अग्नि इन कर्पोरेटले चार पांग्रे गाडी प्रदर्शनमा राखेको छ।

यसमध्ये सबैले रुचाएको भनेको एक्सयुभी थ्रि हन्ड्रेड (XUV300) हो। यो अत्याधुनिक सुरक्षा प्रविधिका साथ नेपाली बजारमा भित्रिएको गाडी हो। यसमा ड्राइभर तथा प्यासेन्सरको सुरक्षाका लागि पनि एयर ब्याग जडान गरिएको छ। यस्तै अन्य सुरक्षा फिचर गाडीमा समावेश गरिएको छन्। यसका लागि जारी नाडा अटो शोमा आएर पनि बुझ्न सकिन्छ। यसको मूल्य ३९ लाख १० हजारदेखि ७० लाख ५७ हजारसम्म पर्छ।

त्यस्तै नाडा अटो शोमा स्कर्पियो पिक पनि राखिएको छ। यो डबल क्यापमा छ। यो सेभेन सिटर हो र डबल एयर ब्यागका साथै म्युजिक सिस्टमहरू पनि छन्। यसको मूल्य पनि कम छ। यो गाडी अफ रोडका लागि अत्यान्तै उपयुक्त छ। ग्राउन्ड क्लिरियन्स पनि राम्रो छ।

योभन्दा नयाँ गाडीभन्दा महिन्द्राको महाराज र एक्सयुभी थ्री हन्ड्रेड नै हुन्। यी गाडीप्रति भिजिटरको झुकाब बढी ने देखिएको छ। एक्सयुभी थ्री हन्ड्रेडका लागि त ग्राहकहरूले ४/५ महिना अघि देखि नै प्रतीक्षामा हुनुहुन्थ्यो। यो गाडीका धेरै प्रतिस्पर्धी गाडी नेपाल भित्रिए पनि एक्सयुभी थ्री हन्ड्रेड खोज्दै नाडा अटो शोसम्म आउने धेरै ग्राहकहरू हुनुहुन्छ। यी गाडी र अन्य गाडीहरूका बारेमा अरू धेरै जानकारी लिन चाहनुहुन्छ भने नाड अटो शोमा भिजिट गर्न सक्नुहुन्छ।

एक्सयुभी थ्री हन्ड्रेड XUV300