ओटोमोबाइल

नाडा अटो शोमा सुजुकीका स्मार्ट हाइब्रिड कार [भिडियो]

सुजुकी हाइब्रिड कारन्यून वातावरण प्रदूषण, स्मार्ट धेरै

नाडा अटो शोमा सुजुकीका स्मार्ट हाइब्रिड कार [भिडियो]

काठमाडौं : अटोमोबाइलको महामेला नाडा अटो शो गाडीबारे जानकारी लिन चाहने र नयाँ मोडलेका गाडी खरिद गर्न चाहने आम उपोक्ताको लागि उपयुक्त स्थान हो।

एउटा छानामुनि विभिन्न ब्रान्डका गाडी, अटोमोबालइलमा भित्रिएका नयाँ टेक्नोलोजीबारे ज्ञान लिन सकिनुका साथै गाडी किन्नेहरूका लागि फाइनान्स, बैंकिङ प्रक्रियालगायत सम्पूर्ण कुरा जानकारी लिन सकिन्छ। अटो शोले गाडी कम्पनी र ग्राहक दुवैलाई फाइदा भइरहेको विश्वास अटो व्यवसायीहरूको छ।

यसै अवसरमा सुजुकीले आफ्ना हाब्रिड गाडीहरूलाई लन्च गरेको छ। उक्त सो सुशुकीको आधिकारिक विक्रता सिजी मोटोकपले कमभन्दा कम वातावरण प्रदूषणमा उच्च प्रविधियुक्त कारहरू प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले स्मार्ट हाइब्रिड टेक्नोलोजीका कारहरू भित्र्याएको हो।

कम्पनीले वातावरणमैत्री एवं उच्च प्रविधियुक्त इर्टिगा, सियाज र एसक्रस कारहरू नाडा अटो शोमा राखेको छ। कम इन्धन खपत गरेर चल्ने यी कारहरूले ध्वनि र वायुप्रदूषण कम गर्ने र विद्युतीय गाडीका लागि पर्याप्त चार्जिङ स्टेन नभएको नेपालमा यी गाडी उपयुक्त हुने कम्पनीले जनाएको छ।

यीबाहेकका सुजुकीका अन्य गाडी पनि प्रदर्शनमा राखिएका छन्। त्यसका लागि काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा पुगेर सम्पूर्ण जानकारी लिन सकिन्छ।


सम्बन्धित समाचार

सुजुकीका स्मार्ट हाइब्रिड कार नेपाली बजारमा

'नाडा अटो शो'को मुख्य आकर्षण बन्यो भ्वाग्स वागनको टिगौन सेभेन सिटर

'नाडा अटो सो'मा जे देखियो... (फोटो फिचर)

भारतको चर्चित कार टाटा एच फाइभ नेपालमा

नाडा अटो शो इर्टिगा सियाज एसक्रस