मनोरञ्जन

पशुपन्छी पनि संगीतमा रमाउँछन्

पशुपन्छी पनि संगीतमा रमाउँछन्

संगीत दुनियाँका हरेक मानिसलाई मन पर्छ । त्यसैले यसका पारखीहरु भन्छन्– ‘संगीतमा मनलाई शान्त पार्ने रस मात्र होइन, आँसुलाई सुकाउने जादू पनि हुन्छ ।’ मानिस त के पशुपन्छीलाई पनि संगीत मन पर्छ । डल्फिन त झन् संगीतको सम्मोहनमा लठ्ठ पर्छ । त्यसैले त चाल्र्स डार्विनले भनेका छन्– ‘दैनिक जीवनमा पशुपन्छी धेरै अघि छन् । हामीले त केवल उनीहरुप्रति गहिरो चासो राख्ने हो ।’ मानिसजस्तै पशुपन्छी संगीतमा नाच्ने गर्छन् । 

यस क्रियामा भाले बढी सक्रिय हुन्छ । भाले नाच्नुको उद्देश्य पोथीलाई आफूप्रति आकर्षित गर्नु हो । यसैको चरम सीमा यौन क्रीडामा रुपान्तरण हुने गर्छ । नाच्ने पन्छीहरुमा सबैभन्दा उत्तम नर्तक मयूर हो । भाले मयूर आकाश गड्याङगुडुङ गर्यो भने वा मौसम सफा भएका बखत प्वाँख फिँजाएर नाच्न थाल्छ । यसखाले नृत्यको अर्थ पोथीलाई प्रेमको संकेत दिनु हो । मयूरको यौन क्रिडा अरुको भन्दा नितान्त फरक छ । भाले पोथी देखेर मोहित हुँदा नाच्दानाच्दै वीर्य स्खलन हुन्छ । त्यही टिपेर खाँदा पोथी मयुर गर्भवती हुन्छे । 

चराहरुमा सर्वश्रेष्ठ नाच्ने चरा पपुवान्यूगिनीको राष्ट्रिय चरा ‘बर्ड अफ प्याराडाइज’ हो । यो संसारकै सर्वाधिक महँगो चरा पनि हो । यसको प्वाँख सुनजत्तिक्कै महँगो हुन्छ । जब यो नाच्न थाल्छ, विवाहोत्सवमा सजिएजस्तै देखिन्छ । भाले नाच्न थाल्छ, अनि पोथी पनि नक्कल गर्दै नाच्न थाल्छे । यो चरा न्यूजिल्याण्डतिर पनि पाइन्छ । चराहरुमा सर्वाधिक ठूलो अष्ट्रिच हो । पोथीलाई आकर्षित गर्न यो पनि अनौठोसंग नाच्ने गर्छ । यसले एउटा खुट्टाले उभिएर नाच्ने गर्छ । यसरी नाच्दा कहिलेकाहीँ त खुट्टा पनि भाँचिन सक्छ । 

जबसम्म पोथी खुशी हुँदैन, तबसम्म कुनै पर्वाह नगरी यो नाचिरहन्छ । ढुकुर तथा परेवा पनि आफ्नो जोडीलाई खुशी पार्न ज्यान फालेर नाच्छन् । यहाँसम्म कि चिप्लेकिरा जो आलस्यपनको नमूना मानिन्छ, त्यो पनि असाध्य राम्रो नाच्ने नृत्यकार मानिन्छ । जब यो बुढो हुँदै जान्छ , तब यो स्त्रीप्रति आशक्त हुँदै जान्छ । पोथी खुशी पार्न लयवद्ध नृत्य गर्न रुचाउँछ । पोथीको यौन इच्छा जागृत गराउन दायाँबायाँ अघिपछि घुमीघुमी नृत्य गर्दछ । 
त्यसो त सबैभन्दा नर्तक जीव उद्विलाप हो ।

यो जन्मेदेखि नमरुन्जेल नृत्य गरिरहन्छ । नाचेरै यसको सम्पूर्ण जिन्दगी वित्दछ । जब भाले उद्विलापलाई पोथीको सम्झना आउँछ, ज्यान फालेर नाच्न शुरु गरिहाल्छ । तर पोथी उद्विलाप भने वास्ता नगरेको अभिनय गर्छे । यद्यपि चोरी आँखाले भालेको नृत्य हेर्ने गर्छे । पोथीको मन नजितेसम्म यो क्रम जारी रहन्छ । 

पोथी फकाउन भाले बिच्छू पनि सिपालु हुन्छ । भालेले पोथीको हात पक्रेर लामो समयसम्म नाच्छन् । जब नृत्यमा सरगर्मी आउँछ, अनि यिनीहरु प्रेमालापमा लीन हुन्छन् । माकुरो पनि पोथीलाई नाचको माध्यमबाट सजिलै फसाउँछ । पोथीको हृदय जित्न भाले माकुरो यसरी नाच्छ कि भाले माकुरोको शिरमा पोथीले सेतो तरल पदार्थ छाड्छे । त्यसको गन्धले भाले झन्झन् उत्तेजक बन्दै जान्छ । त्यसो त बाँदर, भालु नाचेको दृश्य नौलो होइन ।
 हिमाली भालु त झन् अचम्म पाराले नाच्ने गर्छ ।

यस नृत्यको लागि भालुले पोथीलाई पानीमा धकेल्छ । केही छिनपछि आफू पनि पस्छ । दुवै घाँटीसम्म शरीर डुबाएर पानीभित्र बसिरहन्छन् । तिनीहरुको टाउको पानीमा बगिरहे जस्तो देखिन्छ । दुबै थकित भएपछि पाखामा आई एकअर्काको कुममा टाउको राखेर आराम गर्छन् । प्रेमक्रीडामा सर्प पनि रोमाञ्चक नृत्य गर्छ । भाले, पोथी सर्प प्वालबाट आफ्नो टाउको बाहिर निकालेर  शरीर बराबर हल्लिरहन्छ । नाचिरहेका बखत सर्पका अघिल्तिर जानु एकदमै खतरनाक हुन्छ । यसरी हेर्दा संगीत सम्मोहन कला मात्र नभएर भाले पोथी नजिक्याउने सेतू पनि हो । 

संगीत मयुर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।