अर्थ

सुनको मुल्यमा गिरावट, ९ सय रुपैयाँ घट्यो

सुनको मुल्यमा गिरावट, ९ सय रुपैयाँ घट्यो


काठमाडौँ । पछिल्ला दिनमा निरन्तर बढिरहेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आई प्रतितोला ७२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९०० रुपैयाँका दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० कायम भएको छ ।

सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।