स्वास्थ्य

भिडियो गेमले स्वास्थ्यमा कस्ताे असर गर्छ?

भिडियो गेमले स्वास्थ्यमा कस्ताे असर गर्छ?

काठमाडौंः प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका र युवाहरू मोबाइल, ट्याबलेट, कम्प्युटरलगायत विद्युतीय उपकरणमा व्यस्त हुन थालेका छन् । मानिसहरू घन्टौँसम्म पब्जीजस्ता भिडियो गेम खेल्छन्, जसले मानसिक समस्या निम्त्याउन सक्छ । 

इन्टरनेट गेमिङ डिसअर्डर
हाल कतिपय बालबालिका इन्टरनेट गेमिङ डिसअर्डरको समस्या लिएर अस्पताल आउने गरेका छन्, यो एकप्रकारको मानसिक रोग हो । खेल्न छाड्दा छटपटी हुने, बिस्तारै टाउको दुख्ने, निद्रा नलाग्ने, रिस उठ्नेजस्ता समस्या देखिन्छन् । 

कतिपयमा धैर्य गर्ने क्षमतामा कमी आउने गर्छ । पब्जीजस्ता गेममा धेरैजसो विषयवस्तु हिंसात्मक हुने गर्छन् । लामो समय गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाले बाहिर पनि यस्तै क्रियाकलप देखाउने जोखिमरहन्छ । 

इन्टरनेट गेमिङ एडिक्सन
जाँडरक्सी तथा ड्रग्सजस्तै गेमको पनि लत हुने गर्छ । सुरु–सुरुमा रमाइलोका लागि खेल्ने गर्छन् । तर, बिस्तारै लत पर्दै जान्छ । भिडियो गेमले दिमागको फ्रोन्टल कर्टेक्समा कोकिन सेवन गर्ने व्यक्तिमा झैँ असर पार्छ । अर्थात् वयष्कहरूमा ड्रग्सको असर जति देखिन्छ, बालबालिकामा गेमको मानसिक असर पनि त्यत्तिकै हुन्छ । लामो समयमा गेम खेलेर बिताउने बच्चाहरू एकोहोरो हुँदै जान्छन् । जसको प्रत्यक्ष असर दिमागमा परिरहेको हुन्छ । 

इन्टरनेट गेममा समय निश्चित नहुनुले पनि मुख्य समस्या निम्त्याइरहेको पाइन्छ । राति अबेरसम्म खेलेर बस्ने, निद्रा नपुग्ने, बिहान ढिला उठ्दा पढाइ प्रभावित हुनेलगायत विभिन्न समस्या देखापर्छ । बिस्तारै उनीहरूको जीवनशैलीमा नै असर पर्दै जान्छ । फलस्वरूप स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् ।  

समाधान
इन्टरनेट गेमिङको असरबारे ज्ञान दिनु नै पहिलो समाधान हो । बालबालिकालाई घर–परिवार तथा विद्यालयमा यसबारे अनिवार्य जानकारी दिनु जरुरी हुन्छ । उनीहरूलाई लामो समयसम्म ग्याजेटमा समय बिताउन दिनुहुँदैन । बिस्तारै लत बस्दै गएपछि भनेको नमान्ने, झगडा गर्ने, तोडफोड गर्ने हुन्छन् । तसर्थ सुरुवातीको चरणमै नियन्त्रण गर्नुपर्छ । लत परिसकेका व्यक्तिलाई मनोविद् तथा मनोचिकित्सकको सहयोगबाट उपचार गर्न सकिन्छ । यो सामग्री रिदम न्युरोसाइक्याट्री अस्पताल एन्ड रिसर्च सेन्टर मानसिकरोग विशेषज्ञ डा. रीतेश थापाले नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

स्वास्थ्य भिडियो गेम
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।