विचार

घरमा चोर पालेर कोही धनी बन्छ र ?

घरमा चोर पालेर कोही धनी बन्छ र ?

हिजोको इतिहास एउटा पाठ मात्र हो– अध्ययन गरेर यसबाट असल, सवल, ज्ञान लिनेसम्म हो । तर काम भने आजै हामीले भोलिको लागि गर्ने जिम्मेवारी पूरा गर्नु महत्वको  देखिन्छ । इतिहासको विद्यार्थी हुँदा पढेको पाठ यस्तो थियो– ‘इतिहास भनेको विगतको अध्ययन तथा अनुभवका आधारमा वर्तमानको योजना नीति र कार्यक्रम बनाएर भावी दिनका लागि काम गर्ने ज्ञान दिने शास्त्र हो ।’

विगतको अध्ययन गरी गल्ती कमी कमजोरी सच्याउन र असल सवलतालाई जगेर्ना गर्दै सबै कामकुराको प्रवाहलाई समेटेर, एकाकार गरेर जीवन र जगतमा अभिन्न अवयव र सभ्यतालाई विगत, वर्तमानमा भविष्यसंग त्यसैले जोडने गर्दछ । भएको पनि भत्काउने, विगार्ने अनि नयाँ पनि बनाउन नसक्नेले सधै बदनामी मात्र कमाउँदछ । काठेपुल हाल्न नसक्नेले फलामे पुल पुरानै भयो भनेर भत्काउनु भन्दा बरु मर्मत गरेर काम चलाउनु बुद्धिमानी हुने देखिन्छ । 

हामी विद्यार्थी कालमा मिलेर काम गर्दथ्यौ । कक्षागतरुपमा वा सदनको रुपमा विभाजित भएर काम गर्ने जिम्मेवारी पालना गर्दथ्यौ । सरहरुले कक्षामा मनिटर छानिदिनु हुन्थ्यो । उसलाई सोधेर काम गर्ने प्रचलन सिकेका थियौं । संस्थामा पनि यही नियम लाग्ने हुन्छ । संस्था एक परिवार भएकोले यसमा सवैले बराबरी काम गर्नुपर्ने देखिन्छ । नियम विना चलेर संस्था उन्नति भएको संसारमा छैन । विदेशमा शरणार्र्थी भएर रहँदा नेपालका पहिलेका नेताहरुले आफैंले थाल बटुका, भाँडा माझेको काम गरेको जिम्मेवारी लिएको हामीले जानेका छौ । 

काम गरेर महान हुने हो, कुरा गरेर होइन । घरमा हाम्री आमाले अहिले पनि काम गरेर हामीलाई धेरै सजिलो पारेको भोगिरहेका छौ । असल काम गर्ने संस्था भनेको त्यो घरमा बस्ने सबैको सुन्दर साझा घर नै हो । अभिभावक भनेको आमा जस्तै हुन् । सानो भएपनि अभिभावक असल काम पहिले आफैं गर्ने, त्यसबाट आएको लाभ सबैभन्दा पछि भोग्ने नपाएमा सन्तुष्ट हुने खालको होस् । त्यसो भएपछि यसलाई परिवारका सवै सदस्यहरुले जीवनभर मान्दछन । यो प्रवृत्ति स्वार्थ हो र होइन भन्ने विषयमा दार्शनिक कार्ल माक्र्स तथा रुसोले कैयौं लेख लेखेका छन ।

प्रकृति हो  कि संस्कृति हो वा होइन भन्ने हामी पनि वहश चलाऔ र असल काम गरौं । त्यसो भए असल काम गर्नेलाई मृत्यु पर्यन्त  स्मरण गर्छन । सामान्य मानिस विस्मृतिमा पर्छन् । राज्यको शासन व्यवस्थामा पनि यो नियम लाग्दछ । त्यसले अभिभावक जतिसुकै निर्धो दुब्लो भएपनि उसले परिवार प्रतिको कर्तव्य भुल्न र विर्सन हुँदैन । अझ भारतीय संविधानको व्याख्यात्मक टिप्पणीमा यस्तो लेखिएको छ– ‘मानिसलाई मान सम्मानबाट अलग गर्न, जनतालाई उसको देशभक्तिबाट अलग गर्न, स्त्रीलाई उसको अस्मिताबाट अलग गर्न कहिले पनि सकिदैन ।’ 

हे हामी पनि नेपाली नागरिक  भएकाले त्यहाँको आशा, भाषा, ढुंगा माटो हामी बुभदछौ । समग्र, नेपालको संस्कार संस्कृति तथा चाल चलन पनि सम्झना गर्दछौं । नभएपनि आफ्नो गोरेटो, भूगोलका विषयमा जान्दछौं ।  आपनो घर परिवार, नाता पर्गेल्छौं । समाजका यी तत्वबाट अलग हुने कल्पना पनि गर्न सकिदैन् । स्थानीय भावको तीब्र जागरणले फेरि राष्ट्र टुक्र्याउने खेल पनि हुने तथा भइरहेको खतरा छ भन्ने हामीले नेपालीे भुल्न हुँदैन  । सानो हुनु पनि कम पीर छ र ? मदन राईको उदाहरण काफी छ । 

खोटाङ घर भई शिक्षण सिकाईमा भोजपुर विद्योदय पढेका कृषिविज्ञ मदन राईको आपनो विद्यालय जहाँ गोठदेखि ओठसम्म रहेछ, अनि आँशु देखि अठोटसम्म रहेछ, यस्तो होस न सिकाउने स्कुल भनेको । यस्ता मोडलहरु हज्जारौ बनाउन आवश्यक छ । यो अभियानको अभियन्ता सरकारदेखि व्यक्तिसम्म बन्नुपर्छ । शिक्षण सिकाइको लागि स्वीटजरल्याण्ड तथा अमेरिकामा उहिले नै यस्ता मोडलहरु विकास भएका थिए । मान्छेको बच्चामा इख र सर्पको वच्छामा विष छैन भने दुवै असुरक्षित रहन्छन्  । भुलचुक लिने दिने गर्नुपर्छ । जीवन  व्यापार जस्तै हो । हामीले उन्नति गर्ने हो भने ईख लिएर काम गर्नु पर्दछ । ईख र विषको बीचमा समानुपातिक तथा  अनुपातिक सम्बन्ध पनि रहन्छ भन्ने सापेक्षताको सिद्धान्तमा विज्ञानले मान्दछ । जे होस, मानिस विचारले चल्ने प्राणी हो ।

२०४६ साल देखि होसियारीसाथ काम गरेको भए नेपाल अवश्यमेव विकसित राष्ट्र बन्ने थियो । राजनीतिले निकै बिगारेकोले देशले पनि समय चिनेन, जानेन । त्यसबेलाको जनता तथा नेताहरुको मेल तालमेल भएन । पाल्नेलाई फालियो, फाल्नेलाई पालियो भने त्यस्तो हुन्छ भन्थे उहिलेका । घरमा चोर पालेर धनी बन्ने सपना कहिले पुरा  हुँदैन  रे ! बेला चिनेर काम, शासन व्यवहार गर्न नसक्ने विवेकहीन, लोभी पापीहरुले हामीलाई बर्वाद गरेका हुन भन्ने भला मन, असल भद्र जनहरुले भनेको पनि पाइयो । नेपाल सञ्चालन गर्ने नेता भन्ने पानी मरुवाहरुले हाम्रा सन्तानहरुलाई विदेशीन बाध्य गराएका हुन, यो सत्य तथ्य हामीको कोरेका पनि छौं । तर अब होशियारीसाथ विगत थाती राखेर हामी सबै लागेर, मिलेर मिलाएर काम गर्न आवश्यक छ । हामीले विश्वको सर्वशक्तिमान देश अमेरिका पनि देख्यौं, विश्वमा यसको प्रभाव पनि देख्यौं । यही प्रजातन्त्रका नेता अमेरिकाले महिला उम्मेद्वार नेता डेमोक्रेटीक पार्टी नेतृ हिलारी क्लिन्टनलाई हराएको पनि देख्यौं ।  

नेपालकी छोरी विद्या भण्डारीलाई जिताएर संवैधानिक सर्वोच्चताको पदमा आसिन गरायौं । यही हाम्रो निष्ठा, देशभक्ति र परम्परा हो । तर यसमा पनि बाधा विरोध गर्नेहरु हरतरहले अपमान तथा खिचलो हाल्न देशी विदशी गोटीहरु पनि चलाएको हामीले जान्ने पहिचान गर्न सक्ने हैसियत बनाउनु पर्छ । नजिकको छिमेकी र आफ्नो नै असल भलो गर्ने चाहिन्छ । 

एक स्थानमा गरेको सफलता अर्को स्थानमा गर्न, गराउन सजिलो हुन्छ । यो  विकासको मोडल हो । समयको सीमा हेक्का राखांै, योजना बनाएर काम सुरु गरौं । समूह मिलेर गरौं, विषयविज्ञहरुको सामूहिक छलफलबाट काम गर्ने नीति, योजना, रणनीति, कार्यनीति पनि बनाएर अक्षरस पालना गरौ, लागू गरांै । काम गर्दा बाधा नपरोस भन्नु राम्रो हो तर अवश्य आउँछ । यसका लागि जोखिम न्यूनिकरणको लागि स्रोत साधनको तयारी गरौं । मैले वा तपाइले आपनो स्वार्थको द्वन्दका कारण काम छोडिदियांै भने के होला ? काम गर्दा ध्यान पुर्याउनुपर्ने प्रमुख पक्ष भनेकै यही हो । 

आर्थिक विकासमा सहकारी नीति, विधि, सिद्धान्त र व्यवहारको आधारमा काम गर्नुपर्छ । विज्ञहरुको राय सुझावलाई प्राथमिकता दिनुपर्छ । धेरै लागत र ठूलो परिणाममा काम गर्नु अघि थोरै परिमाणमा नमूना परीक्षण गर्नु जाति हुन्छ । काम संगठनले संस्थागत रुपमा गर्छ, विधिले गर्दछ, व्यक्तिले विधिमा चलेर जिम्मेवारी निर्वाह गर्छ । यस्तो काम गर्ने संस्थाको विधि र नीति मिलेर मिलाएर, बनाएमा यो पालना गर्न सजिलो हुनेछ । 

त्यो घरमा आर्थिक पाटो सवल, भरपर्दो हुनका लागि पहिला सदस्यहरुले वीउ पूँजी बटुलेर व्याडमा वीउ राखेर, बाली रोपेर गोडमेल गरेर रेखदेख गरेर पाकेको बाली टिपेर, बढाउनु पर्दछ । अर्थशास्त्रको  नियम नै यही हो । त्यसमा अलिकति पनि फरक भयो भने आर्थिक पाटोले काम दिँदैन । आर्थिक पाटो कमजोर भएपछि सबैतिर कमजोरी हुन्छ । बीउ पोलेर भूटेर एक छाक टार्छु भन्ने खालको सोच भएको व्यक्ति, संस्थाको मालिकबाट काम बन्दैन ।

बीउ जोगाउनका लागि भोकै बस्ने, पानी खाएर सुत्ने वा आज मेरो त निराहार ब्रत हो भनेर पनि बीउ जोगाउने खालको बानी नीति, अपनाएमा संस्थालाई आर्थिक भरथेग गर्न सकिन्छ । यसका लागि भइरहेको नीति, योजना उपाय तथा सिद्धान्तहरुको अभ्यास संस्थाले पनि गर्नु पर्दछ । अनि संस्थामा सवल सक्षम प्रशासन चाहिन्छ । त्यसले कर्मचारी व्यवस्थापन, सुशासन, कार्यसम्पादन, कामको अनुगमन तथा मूल्यांकन, लक्ष प्राप्तिको कार्य समीक्षा, दण्ड तथा पुरस्कारको व्यवस्था गर्न गराउन आवश्यक देखिन्छ । 

संस्थामा असल व्यवस्थापन, कुशल प्रशासनका लागि लुथर गुलिक तथा अब्राहम मास्लोको व्यवस्थापकीय उत्प्रेरणाको श्रृंखलाबद्ध सिद्धान्त तथा आम नीतिहरुलाई पनि व्यावहारिक तरिकाले अपनाउनु पर्ने हुन्छ । जसरी घरमा आमाले सवैभन्दा पहिले असल काम आफंैले शुरु गर्ने त्यसबाट आएको लाभ, फल तथा परिणाम सवै भुरा– बुढा रोगीलाई समावेशी शैलीमा मिलाएर दिने गर्नुहुन्छ ।

त्यसरी नै संस्थामा नीति तथा व्यवहारले पनि परिपन्च मिलाएर काम गर्ने अभिभावक चाहिन्छ । काम गर्दा कहिले फिल्डमा समूह बनाएर हिँड्ने, कहिले विपत्तिमा समूह बनाएरै भीड्ने पनि चाहिन्छ । यो नीति चाहिँ सैनिकहरुको जंगल अभ्यासको नीति हो, जो संस्थाको लागि पनि संकटकालमा चाहिन्छ । संस्थालाई असल मानिस मिलेर काम गरेको देखेमा त्यहीबाट खराव प्रवृत्ति लिएको अर्काे प्रतिपक्षले लोभी पापी आँखाले हेर्न थाल्दछन भन्ने पनि मान्न र जान्न आवश्यक छ, यो द्वन्द्ववादको रीत हो ।

यो रीत र यसको प्रभाव तथा यसले कहीँ पनि कसैलाई पनि छोड्दैन । हामी लागिरहने छौ, भाग्नेवाला छैनौं । भागेपनि बच्चामा आमाले सिर्कनु लिएर लखेट्दा घर वरिपरि घुमे जस्तो जिल्ला, गाउँ अझ नेपाल देशमै घुमिरहने छौ, नेपाललाई सकेसम्म श्रृंगार गर्नेवाला छौं । जानेर बुझेर कहिले पनि विगार गर्नेवाला छैनांै ।

इतिहास प्रकृति