समाचार प्रदेश ६

कालिकोटमा पहिरो, २४ घर बगाए 

कालिकोटमा पहिरो, २४ घर बगाए 


कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–७ ढाडगाउँमा पहिरो जादाँ २४ परिवार विस्थापित भएका छन् । सोमबार बेलुका टकुला नदीमा आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन् । 

पहिरोका कारणले जोखिममा परेका घर परिवारको उद्धारका र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पहिरोका कारणले ४ घरमा पूर्ण क्षति भएको छ । अन्य २० घर पहिरोको जोखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले बताए । ‘सोमबार अपराह्न ५ बजे उज्यालो हुँदा बाढी पहिरो आएकाले मानवीय क्षति भने भएन,’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ ।’

बाढी र पहिरोले बालीगाड लघु जलबिद्युत आयोजना भत्किएपछि वडा ७ र ८ मा विद्युत आपूर्ति बन्द भएको नगर प्रमुख शाहीले बताए ।