विचार

रवि प्रकरणलाई लिएर किन कड्किइन् जुनु ?   

रवि प्रकरणलाई लिएर किन कड्किइन् जुनु ?   

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा शालिक र रवि लामिछानेका पक्ष विपक्षमा मानिसहरु विभाजित भएका छन् । सामाजिक सञ्जालमा पनि यो पक्ष विपक्ष स्पष्ट रुपमा देख्न सकिन्छ । कतिपय बुद्धिजीवी, लेखकहरुले व्यक्गित सन्दर्भभन्दा पनि प्रवृत्तिमै खोट औल्याएका छन् । यस्ता विषयहरु कतिपय आम सञ्चारको माध्यमबाट पनि सार्वजनिङ्क भएका छन् भने केही सामाजिक सञ्जालमार्फत पनि जनमानसमा पुगेका छन् । 

लेखिका जुनु दिव्या रानाले पनि यो प्रकरणमा सामाजिक प्रवृत्तिमाथि व्यंग र कटाक्ष गरेकी छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पत्नी हुँदा हुँदै चहारेर हिँड्ने कोही हाइहाइ हुने, कसैलाई पतित बनाउने समाजप्रति असन्तुष्टि जनाएकी छन् । 

उनले रवि लामिछानेले चार वटा विवाह गर्दा उनको मामिला निजी हुने, उनले पत्नी हुँदा हुँदै प्रेमिकाबाट सन्तान जन्माउँदा अनैतिक नहुने तर सेलिब्रेटी होइन, मरेर गइसक्यो भन्दैमा शालिकराम पतित हुने ? विषय विरोधाभाष भएको जुनुले लेखेकी छन् । 

उनी लेख्छिन्, ‘गरिब मर्दा बिचरासम्म नभन्ने पतित भिड हुनेखानेको पक्षमा रातदिन रोईलो गर्छ । यस्तो लाग्छ यो भिड कानुनभन्दा माथिको हो । यीसँंग आफ्नै अदालत छ । ठ्याक्कै एउटै विहेत्तर सम्बन्ध !( अनैतिक) एउटाको निजी अर्कोको पतित ! वा रे पतित ढोंगीहरु !’ 

उनले ढोंगी समाजको गिदी नभएर लिदी भरिएको तर्क गरेकी छिन् । उनी लेख्छिन्, ‘दिमागमा गिदीको सत्तामा विशेष खालको “लिदी’ भएको प्रमाणित आफै गर्‍यौं ! के तिमीहरु दूधले नुहाएका “चोखो“ छौ ? के तिमीहरुले कसैका श्रीमती र छोरीमाथि गिद्दे नजर लगाएका छैनौं ?

घरका श्रीमती श्रीमान हुँदाहुँदै मौकामा चौका हान्ने दाउ खोज्दै हिड्छौ वा हिड्दैनौं ? फेसबुकको वालमा आदर्श छाट्ने तर च्याटबक्सका नाँगो च्याट गर्दै स्खलन हुने तिमीहरु नै होइनौ ?  फेरि सालिकराम कसरी पतित त तिमीहरु कसरी पतित भएनौं ?’        

मरेको मान्छेको लाशमाथिको नाँगो नाँच गरेर मानवीय संवेगको उपहास राम्रोसँग गरेको प्रमाणित भो । तर याद राख नाँगो भिड । भोलि आफै सालिकरामको ठाउँमा आफू झुन्डिन पर्ने अवस्था आउदैन भन्ने कसले भन्ने सक्छ ? र मान्छेहरुले मरिसकेपछी छि छि र दुरदुर गर्दै मृत्युको तमासा बनाईदिने छन । किनभने यहाँ निमुखाको लागि बोल्दिने भिड छैन । किनभने यो अचेत भिडले कुनैदिन आफू मर्नुपर्छ भन्ने सम्म जान्दैनँ !

जुनुले लेखेको स्टाटस यस्तो छः