हाम्रो पात्रो विज्ञापन
समाचार मनोरञ्जन

सर्वाधिक कमाउने अभिनेत्रीको सूचीमा दोस्रोपटक स्कारलेट जोहानसन, हेर्नुहोस् कति छ कमाइ

सर्वाधिक कमाउने अभिनेत्रीको सूचीमा दोस्रोपटक स्कारलेट जोहानसन, हेर्नुहोस् कति छ कमाइ

अभिनेतापछि फोर्ब्सले संसार भरी सर्वाधिक कमाइ गर्न अभिनेत्रीको लिस्ट सार्वजनिक गरेको छ। उक्त लिस्टमा सर्वाधिक कमाइ गर्ने अभिनेत्री सूचीको पहिलो नम्बरमा हलिउड अभिनेत्री स्कारलेट जोहानसन रहेकी छन्। उनी लगातार दोस्रो पटक आफूलाई फोर्ब्सको सर्वाधिक कमाइ गर्ने सूचीको पहिलो नम्बरमा पार्न सफल भएकी हुन्। उनकी वार्षिक कमाइ ५६ मिलियन डलर रहेको छ। 

पछिल्लो वर्ष उनको कमाइ ४०.५ मिलियन डलर थियो। यो वर्ष उनको कमाइ १५.५ मिलयनले बढेर ५६ मिलियन पुगेको हो। स्कारलेट अन्तिमपटक मार्वल स्टूडियोज की फिल्म 'एवेन्जर्स : एन्डगेम' देखिएकी थिइन्, जसले २७९६ मिलियन डरलकलेक्शन गरेर संसारकै सर्वाधिक धेरै कमाइ गर्ने फिल्म बनेको थियो। 

यो हो टप-१० लिस्ट

‍र्‍यांक

अभिनेत्री

वार्षिक कमाइ

  १.

  स्कारलेट जोहानसन

  ५६ मिलियन डलर

  २.

  सोफिया वरगारा

  ४१.१ मिलियन डलर

  ३.

  रीज विदरस्पून 

  ३५ मिलियन डलर

  ४.

  निकोल किडमन

  ३४ मिलियन डलर

  ५.

  जेनिफर एनिस्टन

  २८ मिलियन डलर

  ६.

  कैली कूको

  २५ मिलियन डलर

  ७.

  एलिजाबेथ मास

  २४ मिलियन डलर

  ८.

  मर्गोट राबी

  २३.५ मिलियन डलर

  ९.

  चार्लीज थेरोन

  २३ मिलियन डलर

 १०.

  एलेन पोम्पो

  २२ मिलियन डलर