भिडियो स्वास्थ्य

मानसिक रोगी दैनिक बढेका छन् : मनोविद् ढकाल

मानसिक रोगी दैनिक बढेका छन् : मनोविद् ढकाल

 

काठमाडौं : पछिल्ला दिनमा मानसिक समस्या बढ्दै गएको पाइएको छ । बेरोजगारी, सामाजिक सञ्जालको स्वच्छन्द प्रयोग, नैतिक शिक्षाको कमी, निराशा लगायतका विभिन्न कारणबाट मानिसहरु विभिन्न किसिमका मानसिक रोगी बन्ने गरेका छन् ।

तथ्याङ्क अनुसार हरेक ४ जनामध्ये १ जना मानसिक रोगी बन्दै गएका छन् । मानसिक रोगकै कारण मानिसहरु आफ्नो जीवन नै समाप्त पार्ने सम्मका घटना सार्वजनिक भैरहेकै छ । 

नैराश्यता र बेरोजगारी मानसिक समस्याको प्रमुख कारक बन्ने गरेको छ । विविध कारणबाट डिप्रेसनमा पुग्ने गरेको मानिसहरु मानसिक स्वास्थ्यबारे बेलैमा सजग हुन मनोविद्हरु सुझाउँछन् । पछिल्ला दिनमा खाशगरी समाजमा नै अपत्यारिला घटना के कसरी बढ्दै गैरहेका छन् । किन मानिसहरु मानसिक समस्यमा फस्दै गैरहेका छन् भन्नेबारे हामीले मनोविद् गोपाल ढकालसँग कुराकानी गरेका छौँ ।