विदेश

भारतका पूर्वअर्थमन्त्री जेटलीको निधन

भारतका पूर्वअर्थमन्त्री जेटलीको निधन


काठमाडौँ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराज गुमाएको भारतीय जनता पार्टीले अर्का एक दिग्गज नेता शनिबार गुमाएको छ । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो ।

भारतीय लोकसभाका सांसद् समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । ६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली श्वास प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए ।