मनोरञ्जन

विवाह गरेको आठ महिनामै माइली-लियामको सम्बन्ध विच्छेद

विवाह गरेको आठ महिनामै माइली-लियामको सम्बन्ध विच्छेद

गायिका तथा अभिनेत्री माइली सायरसले अघिल्लो वर्ष डिसेम्बरमा अभिनेता लियाम हेम्सवर्थसँग विवाह गरिन्। आठ महीना नबित्दै माइलीका श्रीमान हेम्सवर्थले सम्बन्ध विच्छेदका लागि उजुरी दिएका छन्।

निवेदनपछि माइलीले इन्स्टाग्राममा नोट लेखेर आफूहरूबीच सम्बन्ध विच्छेद हुन लागेको पुष्टि गरेकी छन्। उनीहरूबीच सम्बन्ध विच्छेदको समाचार आएपछि माइलीमाथि हेम्सवर्थले धोका दिएको आरोप लागेको छ। उक्त घटनापछि गायिका माइली निकै दुःखी देखिएकी छन्।

यसअघि माइलीले आफ्नो अफिसियल स्टेट्म्यान्टमा सम्बन्ध विच्छेदको कारण आपसी मतभेद रहेको बताइकी थिइन्। उनहरूको भेट सन् २००९ मा द लास्ट सॉन्गको फिल्म सेटमा भएको थियो। उनीहरूले सन् २०१३ मा इंगेजमेन्ट गरेका थिए। त्यसपछि दुवैले सम्बन्धलाई अझ अगाडि बढाउँदै सन् २०१८ को डिसेम्बरमा वैवाहिक बन्धनमा बाँधिएका थिए।

माइली सायरस
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।