स्वास्थ्य

अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

काठमाडौं । तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौं ब्रान्डका औषधि नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हुँदै आएको छ । तर, आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रूपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरू स्विकार्छन् ।

२०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन । ती कम्पनीले पेस गरेको कागजपत्रका आधारमा मात्र औषधि बिक्रीका लागि स्वीकृति दिँदै आएको छ । नेपालमा मुख्यतः भारत, बगंलादेश, चीन, भियतनामलगायतका देशबाट औषधि आयात हुने गरेका छन् ।

नेपालमा अहिलेसम्म ३ सय विदेशी औषधि उद्योगले बजारीकरण गर्दै आएका छन् । दुई किसिमका उद्योग स्वयं कम्पनी आफंैले बजारका प्रतिनिधि राखेर बजारीकरण गर्ने र नेपालमा वितरक (डिस्ट्रिब्युटर्स) खडा गरेर आफ्नो उत्पादन मूल्यमा केही प्रतिशत नाफा राखी सम्पूर्ण जिम्मेवारी नेपाली वितरकलाई दिने गरेका छन् । स्रोतका अनुसार निजी ल्याबबाट औषधिको परीक्षण भई स्वीकृत हुँदै आएको छ । सरकार मातहत औषधि प्रयोगशाला भए पनि निजी ल्याबलाई अनुमति दिएर आयात गरिएका औषधि परीक्षण भइरहेका छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

विदेशी औषधि
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।