मनोरञ्जन

डा. डीआर उपाध्यायको नयाँ गीत ‘सुहागरातमा’ सार्वजनिक [भिडियो]

डा. डीआर उपाध्यायको नयाँ गीत ‘सुहागरातमा’ सार्वजनिक [भिडियो]

वरिष्ठ गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘सुहागरातमा’ रेग्मी र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ। प्रेम लामाले छायांकन गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्। सुभाष प्रधानले निर्देशन गरेको सो भ्युजिक भिडियोमा सविताको उत्कृष्ट प्रर्दशन रहेको छ।

६ वटा विधामा वर्ल्ड रेकर्ड राख्न सफल वरिष्ठ गीतकार उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत तथा गायक आनन्द कार्की र गायिका निशा देशारको आवाजमा सजिएको गीतमा सुहागरातमा आफूलाई नसताउन आग्रह गरिएको छ भने अर्कोतर्फ सुहागरातमा आएको भावना नछेक्ने आग्रह गरिएको छ। डा. डी आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन्।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन्।

गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो। थिएटरमा रमाउने रेग्मीले पछिल्लो समय म्युजिक भिडियोमा समेत प्रस्तुति दिँदै आएकी छिन्। सविता अहिले रंगमञ्चसँगै ठूलो पर्दाको चलचित्रको अभिनयमा व्यस्त छिन्। अशोक शर्माको ‘रातो टिका निधारमा’ मा अभिनय गरिरहेकी उनले म्युजिक भिडियोमा समेत अभिनय गर्दै देश तथा विदेशमा रहेका नेपाली माझमा छाएकी छिन्। डान्सबाट करिअर शुरु गरेकी सवितले विद्यार्थी हुँदा शिक्षक बन्ने सपना सजाएकी थिइन्।

तर, नाच्न निपूर्ण उनले नाचेकै भरमा धेरैको मन जितेपछि अर्कै बाटो रोजिन्। सविताले रोजेको नयाँ बाटोले उनलाई अहिले हरेक नेपालीमाझ परिचित गराएको छ। राम्रो कलाकार बन्ने लक्ष्य बोकेकी सविता आधा दर्जन बढी विभिन्न डकुमेन्ट्रीमा समेत अभिनय गरेकी छिन्। सानैबाट नाच्न रुचाउने उनले नाचेरै अहिले पनि धेरैको मन जितेकी छिन्।