समाचार मुख्य समाचार

प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा सुरेन्द्र यादव सिफारिस

प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा सुरेन्द्र यादव सिफारिस

धनुषा । प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले बिहीबार आयोग अध्यक्षमा डा. यादवलाई सिफारिस गरिएको हो । अध्यक्षमा सिरफारिस भएका डा. यादव सिरहाको औरही गाउँपालिका–५ का स्थायी बासिन्दा हुन्।   

नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य समेत रहेका उनले सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा अध्यापन गर्दथे। सिफारिस समितिमा सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन्। 

लोकसेवा आयोग डा. सुरेन्द्रप्रसाद यादव