राष्ट्रपतिबाट कृष्ण मन्दिरमा पूजा 

राष्ट्रपतिबाट कृष्ण मन्दिरमा पूजा 


ललितपुर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिरमा पूजा आराधना गरेकी छन्। कडा सुरक्षा घेरामा साँढे २ बजेतिर कृष्णमन्दिर पुगेकी राष्ट्रपति भण्डारी खुट्टामा समस्या भएकाले सिँडी नचढिकन आँगनमै पूजाअर्चना गरेकी थिइन्।

राष्ट्रपतिको खुट्टामा समस्या भएकाले पुजारीहरु पूजा अर्चनाका लागि तल ओर्लेका थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार राष्ट्रपतिको खुट्टामा समस्या देखिएकाले पुजारीहरु नै तल झरेर पुजा गराएका थिए ।

राष्ट्रपति करिब पन्ध्र मिनेटमा पुजाआजा सकेर फर्किएकी थिइन् ।  भूकम्पले  भत्किएको मन्दिर गतवर्ष पुनर्निर्माण सम्पन्न भएको थियो । 

संम्बधित खबर