समाचार

पानी पुरी बनाउने ठाउँमा अनुगमन, सरसफाई नगर्नेलाई जरिवाना

पानी पुरी बनाउने ठाउँमा अनुगमन, सरसफाई नगर्नेलाई जरिवाना


काठमाडौँ । वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले आज काठमाडौँको जोरपाटीमा पानीपुरी बनाउने तीन ठाउँमा अनुगमन गरेको छ । अनुगमनको क्रममा अव्यवस्थित तथा सरसफाईको ख्याल नगरी पानी पुरी बनाउने गरेको पाइएको छ ।


विभागले अनुगमनको क्रममा मानव स्वास्थ्यमाथि खेलवाड गर्दै पानी पुरी बनाउने गरेको तथा दर्ताविना नै सञ्चालन गरेको भन्दै पानी पुरी बनाउने सामग्री पनि जफत गरेको छ ।


विभागले त्यसरी पानीपुरी बनाएर बेच्ने प्रत्येक व्यापारीलाई पाँच हजार जरीवाना गर्नुका साथै तत्कालका लागि कारोबार रोक्का गरिदिएको छ ।