राजनीति

प्रधानमन्त्री ओलीको कष्टमा रमाउनेहरू ...

प्रधानमन्त्री ओलीको कष्टमा रमाउनेहरू ...

काठमाडौं : सिंगापुरमा उपचार गरेर फर्किएपछि पनि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार नभएको पाइएपछि नेकपाकै नेताहरूमा खुसीयाली पैदा भएको दुःखद् स्थिति देखापर्‍यो। सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले औषधि परिवर्तन गरिदिएका थिए। दिनमा तीनपटक सेवन गर्नपर्ने औषधि हटाएर दुईपटक मात्र सेवन गर्ने औषधि दिँदै चिकित्सकहरूले ओलीलाई नयाँ औषधि कारण केही दिन असहजता पैदा हुने जानकारी गराएका थिए।

जानकारीअनुसार कम्तीमा दुई साता पूर्ण आराम गर्न पनि चिकित्सकले सुझाव दिएका थिए। तर, स्थिर र मौन त्रियाशिल हुन थाले। परिणामस्वरूप उनमा असहजता पैदा भयो र त्यसैबीच गत साउन ३० गते बिहीबार केपी प्रचण्डलाई निवासस्थानमा बोलाएर पार्टी एकतालाई चाँडो टुंग्याउनुपर्ने बताउँदै आफ्नो स्वास्थ्य ठीक नरहेको जानकारी गराएका थिए। त्यस क्रममा केपीले आफ्नो स्वास्थ्यस्थिति राम्रो नरहेको र पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू सधैँ सकारात्मक एवं सहयोग रहने भनाइ प्रचण्डसमक्ष राखेका थिए।

एकीकरणलाई अन्तिम रूप दिन आफ्नातर्फबाट कुनै प्रकारको अड्चन पैदा नहुने विषयलाई कसरी टुंगो लगाउने भन्ने राय पनि प्रकट गरेका थिए। त्यही बैठकमा बनेको सहमतिअनुसार सचिवालय बैठकले निर्णय लिएको हो। त्यसरी केपी ओलीले आफ्नो स्वास्थ्य ठीक नरहेको जानकारी गराएपछि त्यहाँ सान्त्वना प्रकट गरे पनि प्रचण्ड त्यसबाट निकै खुसी भएका थिए। बिहीबार आफूनिकट व्यक्तिहरूलाई बोलाएर प्रचण्डले प्रसन्‍नता व्यकता गर्दै भनेका थिए, 'केपी आफ्नो स्वास्थ्य ठीक नरहेको कहिल्यै भन्दैनथे आज बिहान उनले आफू कमजोर भएको स्वीकार गरे। अब धेरै दिन केपी त्रियाशिल हुन सक्दैनन् भनेर मलाई केही डाक्टरहरूले पनि भनेका छन्।'

यसरी निकटवर्तीहरूलाई केपीको स्वास्थ्य कमजोर भएको सन्देश सुनाउँदै गर्दा प्रचण्डको मुहारमा खुसीको भाव पोखिने गरी छचल्किएको थियो भने त्यसबखत उनका आँखा पनि निकै चम्किएको सुरक्षा स्रोतबाट थाहा भएको छ। प्रचण्डलाई त्यसबेला भेट्नेहरूले पनि 'अब आफ्नो पालो आयो' भन्‍नेमा ढुक्क रहेको महसुस गरेका थिए। यो खबर आजको घटनाविचार साप्ताहिकबाट लिइएको हो।

केपी शर्मा ओली