अर्थ

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको ६५ हजार ८ सय

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको ६५ हजार ८ सय


काठमाडौँ । सुनको मुल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सयमा कारोबार भयो । यो हालसम्मकै उच्च मुल्य हो । त्यस्तै तेजाबी सुन एक तोलाको ६५ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार घटेको सुनको मुल्य शुक्रबार बढेको हो । चाँदी पनि प्रतितोला ७ सय ७० रुपैयाँ कायम भएको संघले जनाएको छ । 


अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस २२ डलरले बढेर  १४३२ डलर कायम भएकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको बताइएको छ । अमेरीका र चीनको व्यापारिक युद्धका कारण सुनको सञ्चय गर्ने क्रम बढेको विश्लेषकहरु बताउँछन् ।