स्वास्थ्य

१० वर्षभित्रमा कुनै बिरामीको मृत्यु हुन्छ कि हुँदैन भन्ने रगत परीक्षणबाटै तय गर्न सकिने 

१० वर्षभित्रमा कुनै बिरामीको मृत्यु हुन्छ कि हुँदैन भन्ने रगत परीक्षणबाटै तय गर्न सकिने 

एजेन्सी । वैज्ञानिकहरुले यस्तो एक परीक्षण विधि पत्ता लगाएको दावी गरेका जसअनुसार कुनै पनि व्यक्तिको आउँदो दश वर्षभित्रमा मृत्यु हुन्छ कि हुँदैन भन्ने अहिले नै भविष्यवाणी गर्न सकिन्छ, त्यो पनि रगत परीक्षणबाट । 

यो परीक्षणमा ८० प्रतिशत भविष्यवाणी सत्य सावित भएपछि वैज्ञानिकहरु उत्साही भएका छन् । शरीरको प्रतिरक्षाप्रणालीसँग सम्बन्धित १४ वटा बायोमार्कर, ग्लुकोज कन्ट्रोल आदि विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएपछि यस्तो दावी गरेका हुन् । 

जर्मनीका वैज्ञानिकहरुले प्रतिरक्षा प्रणालीका १४ बायोमार्करहरु पत्ता लगाएका छन् । जसको मद्यतबाट उनीहरुले ४४ हजार मानिसहरुको मृत्यु परीक्षण गरे । उनीहरुको परीक्षणबाट ८० प्रतिशत मानिसहरुको आयु त्यति नै भयो, जति उनीहरुको दावी थियो । 

वैज्ञानिकहरुले २ देखि १६ वर्षभित्र मरिसक्ने निष्कर्ष निकालेका मध्ये ८३ प्रतिशतमा त्यो परीक्षण मिल्यो । रगत परीक्षणकै आधारमा यस्तो निष्कर्ष निकाल्न सकिने भएपछि वैज्ञानिकहरुले यो विधि भविष्यमा बिरामीको उपचारका लागि गर्न सकिने बारे अध्ययन गरिरहेका छन् । विज्ञहरुले हालको यो उपलब्धिलाई ‘उत्साही बनाउने कदम’ मानेका छन् ।