हाम्रो पात्रो विज्ञापन
मनोरञ्जन मोडेल वाच

स्पेनिस आइल्यान्ड इबिजामा रकुल प्रितको मस्ती, हेर्नुहोस् ७ फोटो

स्पेनिस आइल्यान्ड इबिजामा रकुल प्रितको मस्ती, हेर्नुहोस् ७ फोटो

भारतीय अभिनेत्री रकुल प्रित सिंहले अहिले स्पेनिस आइल्यान्ड इबिजामा छुट्टी मनाइरहेकी छन्। उनले सामाजिक सञ्जालमा आफ्नो छुट्टी मनाइरहेका केही तस्विर शेयर गरेकी छन्।

उनले फोटोको क्याप्सनमा लेखेकी छन्,  'माथि आकाश तल बालुवा मनमा शान्ति। चारैतर्फ खुसी नै खुसी।' अर्को एउटा सेल्फो पोस्ट गर्दै उनले लेखेकी छन्, - 'आफ्नो सेल्फीमा विश्वास गर्नुहोस्।'

 

रकुल मुख्यरूपमा तमिल र तेलुगु फिल्मी एक्टर हुन्। यद्यपि उनले केही कन्नड र हिन्दी फिल्म पनि गरेकी छन्। उनी बलिउडमा यारियाँ, अय्यारी र दे दे प्यार दे मा देखिएकी थिइन्।

उनी मिलाप जावरीको रितेश देशमुख सिद्धार्थ मल्होत्रा र तारा सुतारिया स्टारर मरजावाँमा पनि देखिने छिन्। यसको सम्भावित रिलिज डेट २ अक्टोबर २०१९ रहेको छ।

रकुल प्रित
ADVERTISEMENT