वाणिज्य बैंकमा आगलागी

वाणिज्य बैंकमा आगलागी


चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक भवनमा सोमबार बिहान आगलागी भएको छ । बिहान साँढे सात बजेदेखि लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगो दमकल र सुरक्षाकर्मी र स्थानीयको पहलमा नियन्त्रणमा आएको हो । आगलागीबाट दुई तले सो भवनको तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट महत्वपूर्ण कागजात, पैसाको लकर र सर्बर सुरक्षित रहेको बैंकले जानकारी दिएको छ ।

संम्बधित खबर