मनोरञ्जन

बलिउडमा अनमेल विवाहको फिभर (फोटोफिचर)

बलिउडमा अनमेल विवाहको फिभर (फोटोफिचर)

मायाले हेर्ने भनेको माया मात्र हो । यसका अगाडि अरु सबै रंग फिका हुन्छन् । पत्नीभन्दा पति जेठो हुनुपर्छ । यो एउटा सामान्य बुझाई हो । तर बलिउडका सेलिब्रेटीले त्यो घेरो नाघ्दै आएका छन् । उमेरलाई नम्बरका रुपमा मात्र बुझ्ने अर्की नायिका हुन्– सुष्मिता सेन ।

 

मिस युनिभर्सको ताज पहिरिएकी सुष्मिता सेन यही वर्षको अन्त्यतिर विवाहको तयारीमा छन् । उनका हुनेवाला पति  रोहमन शल १५ वर्ष कान्छा छन् । यतिबेला उनीहरु दुई ज्यान एक मन भएर हिँडिरहेका छन् । छुट्टी होस या पारिवारिक मिलन कतै पनि यो जोडी छुट्दैन् । केही समयअघि सुष्मिता सेनको जोडी अफ्रिकामा छुट्टी मनाएर फर्किएको छ । 

भर्खरै सुष्मिताका भाइ राजीव सेनको विवाह टीभी एक्ट्रेस चारु असोपासंग भएको थियो । त्यो वैवाहिक समारोहमा सुष्मिता आफ्नो प्रेमी रोहमनसंग खुलेर नाचेकी थिइन् । उनी मात्र हैन दुई छोरी पनि उत्तिक्कै नाचेका थिए । 

बलिउडका कलाकारको मनोविज्ञान अचम्म लाग्दो छ । ड्रिम गर्ल मानिएका कलाकारको वैवाहिक छनोट आफैंमा अन्दाज गर्न नसकिने खालको छ । अघिल्लो पुस्ताकी सदाबहार नायिका हेमा मालिनी सौतामाथि विवाह गरिन । अर्की सुन्दरी श्रीदेवीले यही पथ दोहोर्याइन् । फिल्म निर्माता बोनी कपूरसंग उनको विवाह भयो । 

हुँदा हुँदा कपूर परिवारकी कलकलाउँदी किशोरी करिना कपूर अंकल उमेरका सैफ अली खानसंग विवाह गर्न पुगिन । जबकी सैफ अलि खानले अमृता सिंहसंग यसअघि नै विवाह गरेका थिए । अघिल्लो पत्नीबाट उनका दुई सन्तान छन् । जतिबेला अमृताको बलिउडमा एकछत्र राज थियो, त्यो बेला सैफ गुमनाम थिए । 

उनी चाहन्थे– अमृतासंगको विवाहपछि आफ्नो करियरको बाटो सोझियोस् । बस, यही स्वार्थका लागि उनले आफूभन्दा जेठी पत्नीसंग विवाह गरे । जब उनी आफैं सेलिब्रेटी बने त्यसपछि करिनासंग लगनगाँठो कसे । अध्याय यतिमै सकिदैन । ४५ वर्षका दिलीपकुमारले २० वर्षे सायरा बानो भित्र्याए । चर्चित कोरियोग्राफर तथा निर्मात्री फरहा खानले समेत भाइ उमेरका शिरिष कुन्दरा नामको युवासंग विवाह गरिन ।

 

विश्व सुन्दरी ऐश्वर्या रायले अनमेल विवाहलाई निरन्तरता दिइन । उनको विवाह जुनियर बच्चन अभिषेकसंग भयो । अभिषेक ऐश्वर्याभन्दा कान्छा हुन् । त्यस्तै बलिउडकी चर्चित कलाकार प्रियन्का चोपडाले आफूभन्दा जुनियर विदेशी नागरिक निकसंग विवाह गरिन । जे भएपनि बलिउड कलाकारमा देखिएको यो मनोविज्ञान आफैंमा आठौं आश्चर्य मान्न सकिन्छ ।  

सुष्मिता सेन राजीव सेन