समाचार

सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा लगानीबारेको प्रशिक्षण भारतमा सुरु 

सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा लगानीबारेको प्रशिक्षण भारतमा सुरु 

काठमाडौँ । “सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” सम्बन्धी ६ दिने तालिम भारतमा सुरु भएको छ । तालिममा २० जना नेपाली अधिकारीहरु सहभागी छन् । “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन भएको प्रशिक्षण भारतको फरीदाबादमा सुरु भएको हो ।

तालिमले नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने जनाइएको छ । नेपालका विभिन्न नियामक निकायहरुका ६० अधिकारीहरुलाई तालिम दिइने जनाएको छ । प्रशिक्षण दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई अक्टोबर र डिसेम्बर महिनामा दिइनेछ ।

तालिमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने अपेक्षा गरिएको छ ।