राजनीति

माधवकुमार नेपालको वरियता खोसियो 

माधवकुमार नेपालको वरियता खोसियो 

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ । 

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ । 

खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए । 

नागरिक दैनिकबाट