सांसद्को प्रश्न तीजमा पार्टी प्यालेसमा गीत गाउन किन बन्द ?

सांसद्को प्रश्न तीजमा पार्टी प्यालेसमा गीत गाउन किन बन्द ?


काठमाडौँ । संघीय संसद्को आइतबारको बैठकमा सांसद् रंगमती शाहीले तीजमा पार्टी प्यालेसमा गीत गायनमा लगाइएको बन्देजप्रति सरकारको आलोचना गरेकी छिन् ।

आइतबारको संसद् बैठकमा उनले भनिन् – ‘‘पार्टी प्यालेसमा लगाईएको प्रतिबन्ध फिर्ता लेओस् भनेर सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । ’’ शाहीले महिलालाई रमाइलो गर्न वञ्चित गर्नका लागि पार्टी प्यालेसमा बन्देज लगाइएको गुनासो गरिन् ।

उनले भनिन्भ  –‘‘ महिलाहरुले एक दिन पार्टी प्यालेसमा रमाइलो गर्दा भ्रष्टाचार हुने हो र ?’’ विवाहामा ५१ जना भन्दा बढी जन्ती लिन नपाउने भनिएपनि त्यसो नभएकाले महिलाले मनाउने तीजमा पार्टी प्यालेसमा बन्द गर्नु उचित नभएकाे उनकाे भनाइ छ । 
 

संम्बधित खबर