मुख्य समाचार राजनीति

व्यवस्था विरोधी गतिविधि बढे सरकार चुप बस्दैन : प्रधानमन्त्री 

व्यवस्था विरोधी गतिविधि बढे सरकार चुप बस्दैन : प्रधानमन्त्री 

 

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लामो संघर्ष र बलिदानबाट निर्माण भएको भन्दै व्यवस्थाका विरुद्धमा आउने प्रतिगमनकारी कार्यलाई हेरेर नबस्ने चेतावनी दिनुभएको छ । संघीय संसदमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमतालाई हेरेर केही तत्वको हौसला बढेको भन्दै लोकतान्त्रिक सरकार भएकाले विरोध स्वीकार्ने तर सरकारको विरोधका नाममा प्रणाली उल्टाउने खेल भए सैह्य नहुने चेतावनी दिनुभयो ।

‘‘ प्रतिगमन गर्छु, संविधान लोकतन्त्र, गणतन्त्र, संघीयता जनशासन विरोधी क्रियाकलाप गर्ने नहौसिए हुन्छ ।सरकार टुलुटुल हेरेर बस्दैन । ’ उहाँले भन्नुभयो –‘‘ केही प्रतिगामी सडकमा आए भन्दैमा सरकार भाग्छ भनेर नदेखे हुन्छ । सरकार ठूला ठूला अप्ठ्यारा परिस्थिति सामना गरेर आएको हो । ती शक्ति ज्यूँदै हुँदा ठेगान लगाएका हौँ । चिहानमा गएका हड्डी फर्किँदैन ।’’

पछिल्ला दिनमा राजतन्त्रवादीहरु सक्रिए भएको सन्दर्भलाई उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अझ अगाडि भन्नुभयो–‘‘सरकारले उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान लोकतन्त्र गणतन्त्रका आधारमा मैदानमा उत्रिन्छ । ’’


चुनावपछि नबस्ने 

प्रधानमन्त्रीले लोकतन्त्र उत्कृष्ट भएको भन्दै उत्कृष्ट लोकतान्त्रिक संविधान निर्माण गरेको बताउनुभयो । संविधानको उपर्युक्त कार्यान्वयनबाट देश र जनताले अधिकतम लाभ लिनुपर्ने बताउनुभयाे । प्रधानमन्त्री ओलीले आगामी चुनावपछि आफूलाई पनि सत्ता बसिरहन मन नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘‘आगामी चुनावपछि मलाई पनि बस्न मन छैन ।’’ बाँकी कानूनको निर्माण चालु अधिवेशनमैँ गर्नुपर्ने र यसै अधिवेशनमा केही कानून निर्माण गर्नुपर्ने बताउनुभयो । कानून निर्माणमा विलम्ब हुँदा प्रतिफल जनताले प्राप्त गर्न समस्या हुन्छ । केही जरुरी कानून यसै अधिवेशनबाट टुंगो लगाउनुपर्ने बताउनुभयो । 

आर्थिक वृद्धिदर सात प्रतिशत

सदनमा प्रधानमन्त्री ओलीले अहिले संविधान निर्माणको आधारवर्ष हुँदा पनि ७ प्रतिशतबढी आर्थिक वृद्धिदर हासिल गरेको बताउनुभयो । १४०० किमी भन्दा बढी बाटो पिच भएको ३०० पुल सरकारले बनाएको उहाँले जानकारी दिनुभयो ।

मेलम्चीमा ठेकेदार भागेकाले आफैँ गर्ने र पूरा गरिने जानकारी दिनुभयो ।  राष्ट्रिय गौरवका आयोजनामा समस्या आए तत्काल समाधान गर्न आवश्यक उपकरणसहितको व्यवस्था गरिएको भन्दै उहाँले भन्नुभयो –‘‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्क्षण आयोजनाको अनुगमन गर्ने संयन्त्र विकास भएको छ । जतिबेला चाहियो त्यतिबेला अनुगमन गर्न सजिलो छ ।’’


बजेट नीति कार्यान्वयनका लागि आवधिक योजना सहितको सिष्टम सुरु गरिएको छ । प्रधानमन्त्री र मन्त्रीबीच, मन्त्री र सचिवबीच यति काम गर्ने सम्झौता भएको बताउनुभयो । सत्य निरुपण तथा मेलमिलाप बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समितिले सिफारिस गर्नासाथ निर्माण थाल्ने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओली केपी शर्मा ओली