अर्थ

१४ औँ नाडा अटो शो भदौ १० देखि

१४ औँ नाडा अटो शो भदौ १० देखि


काठमाडौँ । नाडा अटोमोबायल्स एशोसिएशन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने नाडा अटो शो अन्तर्गत यस वर्ष आयोजना हुने नाडा अटो शो यही भदौ १० गतेदेखि ६ दिनसम्म हुने भएको छ । नाडा अटो मोबाईल्स नेपालले आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १४ औं संस्करणको नाडा अटो २०१९ भदौ १० गतेदेखि १५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । 

सर्वो वल्ड लुब्रिकेन्ट्सको प्रायोजनमा हुनलागेको प्रदर्शनी काठमाडौँको भृकुटी मण्डपमा हुनेछ । साना ठूला गरी १६० ओटा स्टल र ब्लक रहने प्रदर्शनीमा दुई पांग्रे र चार पाँग्रे सवारीहरुको स्टल र ब्लकहरु रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा २३ ब्राण्डका चार पांग्रे, १९ वटा ब्राण्डका दुई पांग्रे, १२ वटा ब्राण्डका लुब्रिकेण्ट, ९ वटा ब्राण्डका टायर, ५ ओटा ब्राण्डका ब्याट्र प्रदर्शनी हुनेछ । साथै १४ वटा पार्ट–पूर्जा ग्यारेज उपकरण कम्पनी तथा १३ वित्तिय संस्थाले सहभागिता जनाउने आयोजकले जनाएको छ । 


अटो व्यवसायी, ग्राहक र गाडी प्रेमीलाई लाभ हुने प्रदर्शनीमा ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।