अर्थ

सुनको मुल्यमा गिरावट

सुनको मुल्यमा गिरावट


काठमाडौँ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आइतवार प्रतितोला ५०० ले घट्यो ।

आइतबार सुन ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शनिबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मुल्य आइतबार सामान्य घटेको छ ।

तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर रु ७० हजार ७०० कायम भएको छ ।  त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लाग्दै ८३० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।