समाचार मनोरञ्जन

शिल्पालाई तत्काल नपक्रन सर्बोच्चको आदेश

शिल्पालाई तत्काल नपक्रन सर्बोच्चको आदेश


काठमाडौँ । सर्वोच्च आदलतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले शिल्पालाई तत्काल पक्राउ नगर्न भनेको हो ।

सर्बोच्चले आगामी भदौ १५ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न आदेश माग्दै उच्च अदालत पाटन गएकी शिल्पा उच्चले उनको पक्षमा आदेश नगरेपछि सर्वोच्च पुगेकी थिइन् । साउन २४ गते उच्च अदालतले शिल्पाले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि शिल्पा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी थिइन् । 

निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।