विदेश

ग्रीनल्यान्ड द्वीप किन्न खोज्ने ट्रप्पलाई यस्तो जवाफ

ग्रीनल्यान्ड द्वीप किन्न खोज्ने ट्रप्पलाई यस्तो जवाफ

कोपेनहेगन । ग्रीनल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएको छ। ग्रीनल्यान्डले शनिबार ट्रम्पलाई आफ्नो द्वीप व्यापार गर्नका लागि खुला रहेको तर बिकाउ नरहेको जवाफ फर्काएको हो।

ट्रम्पले यसअघि ग्रीनल्यान्ड किन्ने इच्छा व्यक्त गरेका थिए। वासिंगटन पोस्टको एक रिपोर्टअनुसार ट्रम्प यस मुद्दा गम्भी थिए र उनले ह्वाइट हाउसका अधिकारहरूसँग सल्लाह गरेका थिए। सेक्टेम्बरमा ट्रम्प कोपेनहेगन (डेनमार्क) को यात्रामा निस्कँदै छन्। ग्रीनल्यान्ड डेनमार्कके अधिकार क्षेत्र रहेको छ।

ट्रम्पको योजनालाई डेनमार्कका कैयौँ राजनेताहरूले खारेज गरेका छन्। देशका पूर्वप्रधानमन्त्री लार्स लोके रासमुसेनले ट्विट गर्दै भनेका छन्, ‘‘अमेरिकी राष्ट्रपतिको योजना अप्रिल फूल जस्तै मजाकभन्दा कम थिएन । यो केबर असान्दभिक विषय हो ।’’ 

यता,  ग्रीनल्यान्डका प्रीमियर किम कीलसेनले स्पष्ट पारे, ‘‘हाम्रो द्वीप अमेरिकासहित कुनै पनि देशसँग कारोबार र सहयोगको लागि खुल्ला रहेको छ। तर द्वीप कुने पनि प्रकारले बिकाउ छैन।’’

ग्रीनल्यान्डकी सांसद आजा चेमनिट्जले भनिन्, ‘‘हाम्रो द्वीप खरिद गर्न योजना बनाउने ट्रम्पलाई धन्यवाद। हामीले डेनमार्कसँग अझ राम्रो र बराबरी सम्बन्ध बनाएर राख्ने छौँ।’’

ग्रीनल्याडको अखबार सर्मितसियाकका एडिटर-इन-चीफ पल क्रारुपका भन्छन्, ‘‘डेनमार्कको अधिकार क्षेत्र रहेको हाम्रो द्वीप एक स्वायत्तशासी क्षेत्र हो। यसको सम्मान गर्नुपर्छ। र हामीले तय गर्नेछौँ हाम्रो साथी को हुने छ भनेर।’’

ग्रीनल्यान्ड किन्ने इच्छा व्यक्त गरेको अमेरिकाको पहिलो घटना भने होइन। यसअघि सन् १९४६ मा तत्कालीन अमेरिकी राष्ट्रपति हेरी ट्रुम्यानले पनि डेनमार्कबाट १० करोड अमेरिकी डलरमा यो हिउँले भरिएको द्वीप किन्ने कोशिश गरेका थिए। ग्रीनल्यान्डको उत्तरी पश्चिम क्षेत्रमा अमेरिकी वायुसेनाको अड्डा छ जहाँ करिब ६०० सैनिक रहेका छन्।

ग्रीनल्यान्ड द्वीप