खेल

बेस्ट फुटबलर अवार्डको मनोनयन सार्वजनिक

बेस्ट फुटबलर अवार्डको मनोनयन सार्वजनिक


काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी परेपनि ब्राजिलका नेयमार र क्रोएसियाका लुका मोड्रिच छैनन् ।


फिफाको मनोनयनमा नेदरल्याण्ड्सका डी योङ फ्रेङ्की, म्याटियास डे लिट र भर्जिल भन डाइक, बेल्जीयमका इडिन हाजार्ड, इंग्लण्डका ह्यारी केन, सेनेगलका सादियो माने, फ्रान्सका किलियन एम्बाप्पे र इजिप्टका मोहमद सलाहा छन् ।