विचार

बच्चा हुर्काउने सकस

बच्चा हुर्काउने सकस

अमेरिकामा एउटा नयाँ बच्चाले जन्मेपछि बर्ष दिन भित्रमा मात्रै २ हजार ७ सय ८८ वटा डाइपर फेर्दो रहेछ सरदर । जन्मेको दिनदेखि महिना दिनसम्ममा दैनिक १० देखि १२ वटा डाइपरका दरले महिना दिनसम्ममा ३ सय २० डाइपर, १ देखि ५ महिनासम्मको हिसाबकिताब गर्दा दैनिक ८ देखि १० वटाका दरले मासिक ८७०, त्यसैगरी ५ देखि ९ महिनासम्म दैनिक ८ वटाका दरले ८ सय ७० र ९ देखि १२ महिनासम्म दैनिक ८ कै दरले ७२८ डाइपर खर्च हुने रहेछ एउटै एक मात्र बच्चाको लागि ।

असाध्यै सस्तो ग्रोसरी पसलमा डाइपर किन्दा पनि सरदर महिनामा ५० देखि १२० डलर र मध्यम एवं महङ्गै पसलमा किन्दा १४० डलर देखि २१० डलरसम्म खर्च लाग्ने रहेछ मासिक डाइपरका लागि मात्रै । यो सरदर १३० डलरका दरले १२ महिनामा डाइपरका लागि मात्रै झन्डै १५ सय ६० डलर आर्थिक दबाब पर्ने रहेछ ।

यसको पनि ग्रोसरि पसल वा अन्य पायक पर्ने कन्भिनियन्स पसलहरुमा  ब्रान्ड अनुसार फरक रकम पर्ने हुन्छ । यो त एक बच्चाको लागि दैनिकी र वार्षिक लाग्ने डाइपरको संख्या र लागत भयो । यत्तिले मात्रै कहाँ धर पाइयो र ? डाइपरपछि बच्चाका लागि आवश्यक अन्य बस्तुको बन्दोबस्ती जुटाउँदा डरलाग्दो खर्चको तथ्यांक देखापर्छ ।

डिस्पोजेबल डाइपर, बेबि पाउडर, बेबि लोसन, पुछ्ने  वाइप्स, डाइपर क्रिम, वेटवास क्लोथ, प्लास्टीक ब्याग र स्यानिटाइजर जस्ता बस्तुहरुको जोरजाम र खर्च एकमुष्ट राख्दा थोरैमा मासिक ३०० सय डलरका हिसाबले वार्षिक ३ हजार ६ सय डलर लाग्ने रहेछ ।  यसको साथमा बच्चाका लागि कपडा, जुत्ता, रुमाल, टोपि, चीसो तातो कपडाका लागि लागि थप ३ हजार डलर बार्षिक सरदर लाग्दछ नै लाटो हिसाबमा पनि । 

अब रह्यो अमेरिकामा धेरैजसो आमाहरु बच्चा  जन्मेपछि आमाको प्राकृतिक दूध खुवाउँदैनन । केहि दिन वा हप्ता पछि नै बेबि फर्मूला दूध पाउडर र झोललाइ बेबी बोटल्मा राखी खुवाउने हुँदा यो बेबी फर्मूला अत्यधिक प्रयोगमा छ । कहाँ सस्तो छ र यो ? ग्रोसरी ठूला पसलहरुमा एक क्यान पाउडर वा झोल क्यानलाइ कम्तिमा १५ डलरदेखि अन्य सानातिना स्टोरहरुमा एकै क्यानलाइ २५ डलरसम्म पर्ने हुन्छ भने साना क्यानहरुलाइ ८ देखि ११ डलर प्रति क्यान मोल पर्छ ।

एक क्यान चार दिनसम्मका लागि एक बच्चाका लागि काफी हुने हुँदा महिनामा बढीमा ८ क्यानको हिसाब मात्रै गर्दा १६० डलर मासिक र बार्षिक १९२० डलर सीधै पर्ने देखियो । त्यो पनि एउटा बच्चाका लागि मात्र । यसका साथमा बच्चाको उमेर महिना अनुसार चाहिने बेबि जुस, बेबि फ्रूट, बेबि भेजिटेबलअन्य खाद्यान्नका लागि अर्को ३ हजार डलर लाग्ने हुन्छ सरदर वार्षिक रुपमा । यसमा बेबि बोटल, बेबि कार सिट, बेबिका लागि मेडीसिन वा अन्य भैपरीको रकम अस्पतालमा चुक्ता गर्दा अर्को हिसाब छुट्टै आउँछ । तर, वर्किङ्ग क्लासका आमा, बुवा तथा न्यून आय भएका अमेरिकनहरुका लागि अमेरिकी सरकारको ठूलो सहयोग दिने गर्छ ।

यसले उनीहरुलाई ठूलो राहत मिल्छ । नत्र भने अमेरिकामा बच्चा जन्माउन र हुर्काउन आर्थिक कारणले ठूलै सकस हुने गर्दछ । अमेरिकी सरकारले सक्ने र कमाउनेहरुसंग कर असुलेर यस्तै विपन्न एवं सहयोग र राहतका आवश्यक परिवारका लागि दिने गर्दछ ।  फुडस्ट्याम्प हप्ता भौचर एवं कहिलेकाहीं नगद स्वरुप नै यस्ता परिवार तथा तिनका अभिभावकलाई सहयोग दिने गर्छ । यसखाले सरकारी राहतले ठूलै संख्यामा अमेरिकी लाभावान्वित हुँदै आइरहेका छन्  अमेरिकामा ।

यु एस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एउटा बेबि बच्चा जन्माएर १८ बर्षसम्म हुर्काउदा ममि वा ड्याडी वा ममि ड्याडी मध्यम एबम वर्किङ्ग क्लास अमेरिकनले सरदर २ लाख ४५ हजार ३ सय ४० डलर खर्चिने रहेछन तर अमेरिकाको साउथ भागमा यहि खर्च २ लाख ३० हजार ६ सय १० डलर खर्च लाग्ने रहेछ मतलब अलि कम। तर अमेरिकन ग्रामिण कन्ट्रि साइडमा एक बेबि जन्माएर १८ बर्षसम्म हुर्काउदा जम्मा सरदर १ लाख ९३ हजार ५ सय ९० डलर लाग्ने रहेछ औसत खर्च भने उत्तर पुर्बि शहरि भेगमा भने अलि बढी २ लाख ८२ हजार ४ सय ८० डलर खर्च लाग्ने रहेछ सरदर। यो खर्च भनेको एक वर्किङ्ग क्लास परिवार र सिङ्गल मम र ड्याडको झन्डै १५ बर्ष भन्दा बढिको कमाइ र सेभिङ्ग भन्दा हुन्छ।

अमेरिकामा यत्तिले मात्रै बच्चा जन्माउने र हुर्काउने कर्म कान्ड पुरा हुदैन। सिङ्गल मम र सिङ्गल ड्याड मात्रै नभएर सयुक्त एबम जोडिका लागि पनि सकस पुर्ण छ जिन्दगि बच्चा जन्माएर र हुर्काउन। काम नगरे कहाबाट बिल तिर्ने, कहाँबाट घरको मोर्गेज तिर्ने, कहाबाट गाडीको मासिक इन्सटलमेन्ट भुक्तानि गर्ने? कहाबाट बिमा तिर्ने? कहाबाट ग्रोसरि लगायत युटिलिटी पेमेन्ट बुजाउने? काम गर्न जानै पर्यो। के गर्ने सानो नाबालख बच्चा? अमेरिकामा बच्चा जन्मेर १६ बर्ष नपुगेसम्म एक जना अभिभावकले कानुनि रुपमै छोड्न मिल्दैन।

मतलब कुनै तरिकाले बच्चा एक्लै छोडेको पाइए आमा,बाउ जेल नै जान सक्दछन। उस्तै परे अमेरिकन सरकारको सोसियल डिपार्टमेन्ट डी एस एसले बच्चा लगिदिन्छ। यसो भएमा बाउ आमाले १८ बर्षसम्म बच्चा हेर्न र घरमा ल्याउन पाउदैन। बच्चा फोस्टर केयरमा पठाइ दिनसक्दछ। कसैले बेबि एडप्ट गरेमा बच्चाको थर पनि फोस्टर प्यारेन्ट मुताबिक हुनसक्दछ। त्यसैले बच्चालाइ हिसा गर्ने, केयर नगर्ने, हिसा गर्ने घर, बच्चाका अगाडी अनैतिक गतिबिधि भएमा बच्चाले कुनै कारणबस प्रहरि, लेगल कानुनि निकाय वा स्कुलमा सुनाइदियो भने आबुआमा जेल जान सक्दछन र १८ बर्षसम्म बच्चालाइ आउ आमासङ्ग छुटाएर राखिदिन सक्दछ।

बाउ आमा काममा जानु पर्यो, बच्चा एक्लै छोड्न पाइएन अब के गर्ने? यस्तो अबस्थामा बच्चालाइ केयर होम, केयर सेन्टरमा छोड्न सक्दछन बेलुकि नफर्केसम्म। यसको अलावा छुट्टै बेबि सिटर राख्न सकिन्छ तर यो महङ्गो हुन्छ। कहिलेकाहि त कमाएको भन्दा बेबि सिटरको ज्याला महङ्गो परिदिन्छ। यस्तो अबस्थामा बेबिको बाउ र आमाको सयुक्त कमाइ नभएमा केयर होम वा बेबि सिटरलाइ मात्रै ठिक्क हुनसक्दछ। 

गरिब एबम केहि वर्किङ्ग क्लास वा अन्य तल्लो तहका अमेरिकनहरु बेबि ड्याडीबाट बेबि बनाउने बेबि ड्याडी वा बेबि ममि मध्ये कुन चाहिले बेबि केयर गर्दछ उसैलाइ हप्ता वा मासिक बेबि चाइल्ड सपोर्ट तिर्नु पर्ने हुन्छ, नत्र जेल जानु पर्ने हुन्छ। चाइल्ड सपोर्ट नतिर्नेलाइ ठुलो अपराध मानिन्छ अमेरिकामा र कार्वाहि सजाय पनि ठुलै छ यस मामलामा। अन्यथा बेबिको नाममा अमेरिकन सरकारबाट भत्ता र राहत बटुल्यो मासिक, खायो बस्यो धेरै गरिबहरुका दिनचर्या यसैगरि बित्दछ अमेरिकामा।

अमेरिकामा उदाहरणकै लागि बेबि केयर फुलटाइम केयर जस्तै मिसिसिपि राज्यमा बर्षको झन्डै ५ हजार ४ सय ९६ डलर पद्र्छ भने यहि बेबि सिटिङ्ग बेबि केयरका लागि बर्षमा मिसिसिपि भन्दा झन्डै ३ गुणा बढि १६ हजार ५ सय ४९ डलर पर्ने रहेछ। भनेपछि कसरि थेग्नु यत्रा खर्च बेबि जम्नाउदा र हुर्काउदा। अझै अमेरिकन सरकारले बच्चा र आमाको आगि मेडिकेडको ब्यबस्था गरिदिएको छ नत्र के हालत हुने थियो अमेरिकन सरकारको राहत र बेनेफिट नहुदो हो भने।

अब त झन आप्रबासिहरुका लागि अब आइन्दा सरकारि बेनेफिट लिएको पाइएमा तिनले बाहिरबाट आफ्ना परिवारका सदस्यहरुलाइ अमेरिका ग्रिन कार्डमा ल्याउन नपाउने गरि निषेधित निति अगाडी सारिसरेको छ। यसबाट काम गरि खाने र काम नगरि खाने दुबै नेपालि मर्कामा पर्ने भए अमेरिकामा। यो सकसपुर्ण र महाभारत बच्चा जन्म र हुर्काइ एबम अमेरिकन सरकारको तारो थेग्न मुश्किल हुन सक्दछ अबको जनजिवन।  
 

अमेरिका डाइपर