समाचार प्रदेश ३

रवि लामिछानेसहित अन्य दुईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेसहित अन्य दुईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र रुकू भनिने अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले लामिछानेसहित ३ जनालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । उनीहरु तीनै जनालाई विहिबार रात काठमाडौँबाट पक्राउ गरी चितवन लगिएको थियो ।

गत साउन २१ गते चितवनस्थित कंगारु होटलमा आत्महत्या गरेका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आफ्नो आत्महत्याको कारणमा पत्रकार रवि लामिछाने, युवराज कडेँल र  अस्मिता कार्की रहेको भिडियो सार्वजनिक भएको थियो ।

नेपाल आजले उक्त भिडियो सार्वजनिक गरेको भोलिपल्टै प्रहरीले अनुसन्धानका लागि लामिछानेसहितलाई नियन्त्रणमा लिएको हो । 

र, यो पनि पढ्नुहोस:

✍️ रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन

✍️ रवि लामिछाने पक्राउ

✍️ अस्मिताको आक्रोश : मेरो पर्सनल एसएमएस किन बाहिरियो ?

✍️ पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती कार्की पक्राउ 

✍️ शालिकरामलाई आत्महत्या गर्न यसरी बाध्य पारेका थिए रविले एक्स्क्लुसिभ भिडियोसहित

✍️ मृत्यु रोजेका पत्रकार पुडासैनीले भनेका रहेछन्, ‘रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ’

✍️ ‘आर्यघाटमा रबि लामिछाने हतास देखिनुहुन्थ्यो, नबोली भाग्नुभयो’

 

 

रवि लामिछाने अस्मिता कार्की शालिकराम पुडासैनी आत्महत्या प्रकरण