खेल

क्रिकेट बलले लागेर ८० वर्षीय एम्पायरको मृत्यु

क्रिकेट बलले लागेर ८० वर्षीय एम्पायरको मृत्यु

एजेन्सी । क्रिकेट खेल चलिरहेका बेला बलले टाउकोमा लागेर एकजना क्रिकेट अम्पायरको ज्यान गएको छ । क्रिकेट बलले लागेर अनुभवी अम्पायर विलियम्स वेल्सको ज्यान गएको हो । ८० वर्षीय विलियम्स पेम्ब्रोकसायर काउन्टी डिभिजन–२ खेलमा अम्पायरको भूमिका निर्वाह गरिरहेका थिए । त्यसक्रममा उनको टाउकोमा क्रिकेट बलले लागेको थियो ।

 

बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लगिएको थियो। विलियम्सलाई त्यहाँ कोमामा राखिएको थियो। अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता पछि उनको निधन हुन पुग्यो। विलियम्स वेल्सको हेन्डेल्टन क्रिकेट क्लबका सेक्रेटरी पनि थिए ।

क्रिकेट अम्पायर विलियम्स वेल्स