हाम्रो पात्रो विज्ञापन

रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

काठमाडौँ । सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानबिनका लागि लामिछाने पक्राउ परेका हुन्। लामिछानेसँगै पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले रवीलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाडौंले लामिछानेलाई पक्राउ गरेको हो । 

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो नेपाल आजले सार्वजनिक गरेको थियो । भिडियोमा शालिकरामले पत्रकार लामिछानेसहित कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको जनाएका थिए । शालिकरामकाे आत्महत्या पूर्वको भिडियो नेपाल आजले बुधबार सार्वजनिक गरेको थियो । 


र, यो पनि पढ्नुहोस:


 

संम्बधित खबर