समाचार

मन्त्री नै ठेकेदार, सडक अधुरा 

मन्त्री नै ठेकेदार, सडक अधुरा 

सुर्खेत । सम्झौताअनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टँुडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण भएर गाडी सञ्चालन भइसक्थे । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर लामो यो सडक निर्माणको जिम्मा लुम्बिनी–एमके–लोहनी जेभी काठमाडौंले लिएको थियो । 

गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ । 

२०७४ असार २८  गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार नौ सय ४२ रुपैयामा ७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । 

सम्पन्न गर्ने समयमा २१ प्रतिशतमात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारीले एक वर्ष म्याद थपेको छ । 
अहिले धेरैजसो सडक आयोजना प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत छन् । सुवाघाट–टुँडीखेल  सडकको जिम्मा पाएको लुम्बनी–एमके–लोहनी जेभीका सञ्चालक प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री हुन् । 
नागरिक दैनिकबाट