अपराध सुरक्षा

घरबेटी महिलामाथि भाडावालद्वारा बलात्कार

घरबेटी महिलामाथि भाडावालद्वारा बलात्कार

काभ्रे । जिल्लाको पाँचखाल पाँचखाल नगरपालिका–४ शिखरपुरमा डेरा गरी बस्ने एक युवकले घरबेटी महिलालाई बलात्कार गरेका छन् । ३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई गत २३ जेठको राति १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरिसकेको छ ।

अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक २६ असारमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती गर्यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ’ ३३ वर्षीया पीडित महिलाले भनिन् ।

लामा सो घरमा २०७२ सालदेखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट 

काभ्रे बलात्कार