समाचार

कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्रिन आदेश 

कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्रिन आदेश 

सुर्खेत । उच्च अदालत पाटनले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ । 

उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाबाट सोमबार यस्तो आदेश आएको हो । 

कृषि विकास बैंक रत्नपार्क शाखा जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्री खत्रीकै नाम प्रतिवादी कायम भई आएपछि न्यायाधीशद्वय पौडेल र ढुंगानाको संयुक्त इजलासले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । खत्रीसँगै अदालतले राजुप्रसाद श्रेष्ठलाई पनि पक्राउ गर्न आदेश दिएको छ । 
 

नागरिक दैनिकबाट
 

विशेष