समाचार खेल

अमेरीकी दुतावासले बोलायो सन्दीपलाई 

अमेरीकी दुतावासले बोलायो सन्दीपलाई 


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भीषा दिन अस्वीकार गरेको अमेरीकी दुतावासले सन्दीपलाई बोलाएको छ । अमेरिकी दूतावसले फेरि रिभ्यूुका लागि भन्दै उनलाई बोलाएको हो। नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले अमेरिकी दूतावासले बोलाएको जनाएका छन् । 


यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिषाका लागि निवेदन दिएका थिए । तर उनलाई अमेरकाले भीषा दिन अस्वीकार गरेपछि उनले ट्विट गरेरका थिए । 


हेर्नुहोस् सन्दीपको ट्विट :

दोस्रो सिजन सिपिएल खेल्न लागेका सन्दीप यसपटक बार्बाडस ट्राइडन्ट्स्मा  ७८ लाख रुपैयाँमा आबद्ध भएका थिए। सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ। त्यसअघि सन्दीपले अमेरिका भ्रमण गर्न खोजेका हुन् । 

र, यो पनि पढ्नुहोस् 

अमेरीकी दुतावासले सन्दीपलाई सन्दीपले क्यारेबियन प्रिमियर लिग