अर्थ

अमेरीकी डलरसहित केही देशको भाउ घट्यो

अमेरीकी डलरसहित केही देशको भाउ घट्यो


काठमाडौँ । अमेरिकी डलरसहित केही देशको भाउ आज मंगलबार थोरै घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ ।


युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९२ पैसा रहेको छ ।


साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।