राजनीति

डा. सिके राउत र डा. बाबुराम भट्टराई अब एकै हुने 

डा. सिके राउत र डा. बाबुराम भट्टराई अब एकै हुने 

काठमाडौं । नेपालआमालाई आपत्तिजनक संज्ञा दिने डा. सिके राउतको नेपाल जनमत पार्टी र डा. बाबुराम भट्टराईको समाजवादी पार्टीबीच एकता हुने विषय बाहिरिएको छ । 

समाचारस्रोतकाअनुसार सिके राउतलाई प्रतिनिधिसभामा ल्याउनका लागि सप्तरी–१ बाट समाजवादी पार्टीले एक सांसदलाई सोमबार राजीनामा गराइएको छ । स्वास्थ्यका कारण आराम गर्न भन्दै समाजवादीका सूर्यनारायण यादवले राजीनामा दिएका छन् । 

सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउँदै गर्दा सरकार पक्षले उनलाई प्रतिनिधि सभामा ल्याउने वचन दिएका थिए ।