मनोरञ्जन

नयाँ चलचित्रमा अनमोल हिरो भुवन भिलेन

नयाँ चलचित्रमा अनमोल हिरो भुवन भिलेन

काठमाडौं । नायक अनमोल केसी र भुवन केसीको मुख्य भूमिका रहने गरी नयाँ फिल्म बन्ने भएको छ। चलचित्र विकास बोर्डमा सोमबार भुवनको निर्माणमा बन्ने ‘एन्टी हिरो’ दर्ता भएको हो। फिल्ममा छोरा अनमोल हिरो र बाबु भुवन भिलेन छन्। ‘मैल भिलेनको भूमिका निर्वाह गर्न लागेको यो पहिलोपटक हो। त्यसमाथि यो एक्सन फिल्म हो, त्सैले म उत्साहित छु,’ भुवनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

होमप्रडक्सन सुपर काजल फिल्मस्को निर्माणमा बन्ने फिल्ममा अनमोलको चकलेटी र एक्सन रूप दुवै देखिनेछ । फिल्मकी नायिका केही दिनमै सार्वजनिक गरिने भुवनले जनाएका छन् । यसअघि भुवनको मुख्य भूमिका रहेको ‘साथी म तिम्रो’ मा  अनमोलले एउटा गीतमा प्रस्तुति दिएका थिए ।

क्याप्टेन फिल्मको प्रोमोसनल गीतमा यी बाबुछोराले स्क्रिन सेयर गरे पनि फिल्ममा अनमोलको मात्रै अभिनय थियो । त्यसैले यी दुई चर्चित कलाकारलाई एकै फिल्ममा मुख्य भूमिकामा देख्ने दर्शकको चाहना यसपटक पूरा हुनेछ । चकलेटी अनुहारका अनमोल पछिल्लो समय एक्सन रोलमा पनि रुचाइएका छन् । भुवनका अनुसार सुटिङ तिहारपछि सुरु हुनेछ । 

भुवन केसी अनमोल केसी