विदेश

कश्मिरीहरुले पाकिस्तानको झण्डा जलाउँदै नारा लगाए, ‘पाकिस्तानको जला दो’

कश्मिरीहरुले पाकिस्तानको झण्डा जलाउँदै नारा लगाए, ‘पाकिस्तानको जला दो’

काठमाडौं । पाकिस्तानले कश्मिर प्रकरणमा भारतसँग व्यापारिक र कुटनीतिक सम्बन्ध तोडेपछि पाकिस्तान प्रशासित कश्मिरका जनता विरोधमा उत्रिएका छन् । उनीहरुले पाकिस्तानको झण्डा जलाएका छन् । पाकिस्तानविरुद्ध नारावाजी गर्दै उनीहरुले भनेका छन्, ‘पाकिस्तान जलादो, पाकिस्तान मुर्दावाद ।’

हजारौं कश्मिरीहरु भेला भएर पाकिस्तानविरुद्ध नारावाजी गरिरहेको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा पाकिस्तानको झण्डा जलाएको, झण्डामा लात्तले हानेको स्पष्ट देख्न सकिन्छ । 

यो भिडियो मूलधारका मिडियाहरुले सार्वजनिक गर्न सम्भावना कम भएकोले सामाजिक सञ्जालबाट नै बढीभन्दा बढी सेयर गर्न अपिल गरिएको छ । 
पाकिस्तान प्रशासित कश्मिरका जनताले पाकिस्तानबाट छुट्टिएर बेग्लै मुलुक बनाउने आन्दोलन चलाइरहेका छन् । उनीहरुले पाकिस्तानको अधिनमा, पाकिस्तानको उपनिवेश भइर आफूहरु बस्न नसक्ने उल्लेख गर्दै आएका छन् ।