समाचार प्रदेश ४

पोखराको न्यूरोडमा लागेको आगलागी नियन्त्रणमा

पोखराको न्यूरोडमा लागेको आगलागी नियन्त्रणमा


कास्की । पोखराको न्यूरोडमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ। न्यूरोडस्थित ध्रुव इलेक्ट्रिकल वर्कसमा लागेको आगो सुरक्षाकर्मी स्थानीय र पोखरा महानगरपालिकाको दमकलको मद्दतले नियन्त्रणमा लिइएको हो।

आगलागी भएको घरभित्र मानिस फसेको आशंकामा स्थानीयले गरेपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र महानगरपालिकाका अग्नी नियन्त्रकको टोली खटेको थियो। स्थानीय, पानी ट्यांकर तथा महानगरपालिकाका चारवटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास सफल भएको हो।